मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्ज बिसी पक्राउ

विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्ज बिसी पक्राउ


चितवन– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी  चितवनका जिल्ला ईन्चार्ज लालबहादुर बिसीलाई चितवन प्रहरीले पक्राउ गरेको छ । 
 
आइतबार नारायणगढ बजार क्षेत्रबाट बिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्त्ता डिएसपी प्रभु ढकालले जानकारी दिए । चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए ।
 
नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनाव बहिस्कार अभियान थालेको छ । देशका विभिन्न ठाउँमा उम्मेद्वारमाथि आक्रमणका घटनासमेत भएका छन् । चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यक्रता पक्राउ गरेको जनाएको छ । 
 
यसैबीच जिल्ला सेक्रेटरी ध्रुवले प्रहरीले आफ्ना नेतालाई बिनाकारण पक्राउ गरेको भन्दै विरोध जनाएका छन् । यसअघि चितवन प्रहरीले टाँडी र भरतुरबाट दुई जनालाई नियन्त्रणमा लिएकोे थियो ।