मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

दाहालको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्री दुःखी

दाहालको निधनप्रति राष्ट्रपति र प्रधानमन्त्री दुःखी


काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गरेकी छन् । 
 
राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आइतबार माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट ग¥यो । 
 
समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट ग¥यो । समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी थिए । 
 
यसैबीच, नेपाली काँग्रेसले नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’का पुत्र प्रकाश दाहालको नर्भिक अस्पतालमा असामयिक निधन भएकामा दुःख व्यक्त गरेको छ । 
 
काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकाशको निधनप्रति गहिरो दुःख व्यक्त गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 
 
प्रधानमन्त्री देउवाले दिवंगत प्रकाशको चीरशान्तिको कामना गर्दै पूर्वप्रधानमन्त्री दाहाललगायत शोकसन्तप्त परिवारजनप्रतिसमवेदना प्रकट गरेका छन् । 
 
स्व प्रकाशप्रति काँग्रेसले श्रद्धाञ्जलि अर्पण गर्दै उनको चीर शान्तिको कामना र परिवारजनप्रति समवेदना प्रकट गरेको छ । यसैगरी काँगे्रस वरिष्ठ नेता रामचन्द्र पौडेल र राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि दाहालको निधनप्रति दुःख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गरेका छन् ।