मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

‘ह्वाइट हाउसमा जागिरको लाइन लाग्नुपर्छ भनेपछि ती व्यक्ति कहिल्यै फर्केर आएनन’

‘ह्वाइट हाउसमा जागिरको लाइन लाग्नुपर्छ भनेपछि ती व्यक्ति कहिल्यै फर्केर आएनन’


हिमालयखवर संवाददाता
काठमाडौँ – हाँस्य कलाकार राजाराम पौडेल सात वर्ष अमेरिका बसेर नेपाल फर्केका हुन् । मेरिल्याण्ड राज्यमा सात वर्ष काम गरेर उनी सन् २०११ मा नेपाल फर्केका हुन् । 
 
अमेरिका आउनु अघि पनि ठूलो तथा सानो पर्दामा स्थापित भैसकेका थिए पौडेल । नेपाल फर्केपछि पनि उनको कलाकारिताको व्यस्तता त्यत्तिकै छ । 
 
अमेरिका बस्दा दैनिक १२ घण्टासम्म काम गरेको उनले बताएका छन् । ठूलोपर्दा टिभीसँग कुरा गर्दै उनले आपूm सात वर्ष अमेरिका बस्दाका घटनालाई ठट्यौला पारामा प्रस्तुत गरेका छन् । 
 
‘एकजना व्यक्ति काम खोज्दै म काम गर्ने स्टोरमा आइपुगे । उनले काम खोज्न सहयोग मागे । मैले ग्रीनकार्ड भएपछि त ग्याँस स्टेसन, स्टोरहरुमा काम पाइहालिन्छ नि भनेर बताए । तर उनले ग्रीनकार्ड भएकाले पनि यस्तो कहाँ गर्नु पो भने,’ पौडेलले अन्तरवार्ताको क्रमममा भनेका छन् ।
 
पौडेलले ती व्यक्तिलाई जागिरका लागि ह्वाइट हाउसमा हरेक दिन लाइन लाग्ने र बिहानै जान सुझाव दिए । 
 
उनले अमेरिकामा काम गरेर कोही सानो नहुने हुँदा अमेरिका विकसित भएको बताए । उनले सुझाव दिएका छन्,‘अमेरिका जाँदैहुनुहुन्छ भने तपाइले यहाँको स्टाटस बिर्सनुस् । तपाइको स्टाटस त्यहाँ जिरोबाट सुरु हुन्छ ।’
 
अमेरिका भनेको यस्तो देश हो जहाँ माग्ने छन् । अमेरिकन माग्ने पनि छन् । संसारकै मान्छ ओइरिएका छन् । त्यही जन्मेका पनि माग्ने छन् । परिश्रम गर्नकै लागि अमेरिका खडा भएको हो जस्तो लाग्ने पौडेलले भनेका छन् । 
 
सुरुमा दिन केही गाह्रो हुन्छ । तर मेहनत गर्ने हो भने पछि सहज हुँदै जान्छ । उनले आफुले अमेरिकाबाट डायबिटिज रोग बोकेर आएको बताउँदै त्यसलाई अमेरिकाको उपहारका रुपमा लिएको बताए । 
 
सानो छोरा माओवादीमा जान्छु भनेपछि उसैका लागि सेटल गर्न अमेरिका आएका पौडेलले सात वर्षसम्म पनि ग्रीनकार्ड पाउन सकेनन् । सात वर्षसम्म पनि ग्र्रीनकार्ड नभएपछि उनी नेपाल फर्केका हुन् । 
 
‘छोरा पनि अष्ट्रेलिया जाने भयो, जसका लागि भनेर म अमेरिका आएको थिए । उहीनै अष्ट्रेलिया जाने भएपछि म पनि फर्किए,’ उनले भनेका छन्। ‘लयरको एउटा गल्तीले गर्दा सात वर्षमा पनि भएन । छोरा अष्ट्रेलिया उँड्यो । म किन बस्ने ?’
 
उनको भोगाइमा अमेरिकामा दुई काम गर्ने असाध्यै इडियट हुन्छन् । पहिलो तँ कहाँ काम गर्छस् ? कस्तो काम गर्छस्, कति डलर कमाउँछस् भनेर सोध्नेलाई असाध्यै मुर्ख भनिन्छ । अर्को आइतबबार बिहानै फोन गर्नेलाई । किनकी हप्ताभरि कमाएर शुक्रबार र शनिबार मरुन्जेल  खाएर सुतेका हुन्छन् । आइतबार त्यही भएर कसैले पनि बिहानै फोन गर्दैनन् । त्यसलाई महाइडियट भनिन्छ । 
 
सेभेन इलेभेन, पिज्जा डेलिभरिसम्मका  काम गरेर नेपाल फर्किका पौडेलसँगको ठूलोपर्दाको यो अन्तरवार्ता रमाइलो र सान्दर्भिक लागेर हिमालय खबरले साभार गरेर प्रकाशन, प्रशारण गरेको छ । प्रस्तुत छ हाँस्य कलाकार अर्थात ‘प¥या म बेहोरौला’ को थेगोबाट चर्चित पौडेलसँग ठूलोपर्दा टिभीले लिएको यो अन्तरवार्ता ।