मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

राजमार्ग पैँतिस र बुबाको सपना

राजमार्ग पैँतिस र बुबाको सपना


राजमार्ग पैँतिस र बुबाको सपना
कल्पना र सपना पनि
खै बुझ्नै सक्दिन के हो
आकाशे दरवारको सोच बनाएकाहरू
आकाश छिचोलेर – पर क्षितिज ताक्दैछन्
चरा देखेर पखेँटा लगाउनेहरू
ग्रहहरूको परिक्रमा गर्दैछन्
थिएन मेरो त्यत्रो सोच
केवल मायामा लड्न खोज्दै थिएँ
आफ्नो बारीमा
सधैँ लह-लह हरिया
माया फलाउँछु
आफ्नो वरिपरी सधैँ 
प्रेमका बिरूवाहरू रोप्छु
माझमा बसेर म
खुसीको उपहार बाँड्छु
यत्ति न थियो।
तर 
मेरा वरिपरी 
सबै बारी बाँझो देख्छु
मात्र टुसाउँदैछन् केहि भकुण्डाहरू
केहि डण्डीहरू र बियोहरू
यी खेल जस्तै म 
लड्दैछु – मायाको खेलमा
टुसाउँदै गरेका भकुण्डाहरूले 
मलाई खेलाइरहन्छन्
घरि यता र घरि उता।
मेरा कल्पना र सपनाहरूमा
केवल खेलहरूको राज छ
म भने
दाह्री, जुंगा र कपाल पकाएर
मनको लड्डु खाइरहेछु
हरेसको सब्जीसँग।
मेरा मायाका बुटाहरूले
खै, कहिले हो क्रान्ति गर्ने
कहिले हो भकुण्डोहरूको मस्तिष्कमा
माया बाँडको बिज रोप्ने?
रौँहरू पकाउँदा पकाउँदै
चुलोमा दाउरा सकिएर
आफैँ पस्ने बेला आइसक्यो
तर,
म गुड्दा सधैँ जाम हुने
राजमार्ग पैँतिस पनि त
पहिलेको तुलनामा अहिले धेरै बनिइसक्यो
मेरी आमाले गरेको जति दु:ख
मैले गर्नु परेन – 
न त मेरा सन्ततीले भोग्नु पर्ला
मनका दाह्राहरू किटेर
त्यहि दिनको पर्खाईमा छु
र विश्वस्त पनि छु
जुन दिन मेरो पैँतिस सरररर गुड्नेछ
अनि मेरा कल्पना र सपनाले 
सार्थकता अवस्य पाउनेछन्।