मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मानिसको लिलामी

मानिसको लिलामी


(यो नाइजेरियावाट युरोप जानका लागि प्रयास गर्ने युवाहरूको कथा हो । उनीहरू बाटोमा पर्ने लिबियामा मानव तस्करको फेला पर्छन र त्यहाँ दासजस्तो लिलामी हुन पुग्छन् । प्रसिद्ध टेलिभिजन च्यान सीएनएनले तयार पारेको यो समाचार पढ्दा नेपालको झल्को आउँछ । नेपालको ग्रामीण क्षेत्रबाट पनि कयौँ युवा आर्थिक अवसर खोज्दै खाडी मुलुक पुग्ने गर्छन् । नेपालमा पनि व्यापाक भष्ट्रचार छ रोजगारका अवसर पर्याप्त छैन । यस्तै हुने हो भने आप्रावासी युवाको हालत यो समाचार जस्तै हुन सक्छ । यो मानव लिलामीको दर्दनाक र यर्थाथ घटना हो । यहाँ सीएनएनको उक्त समाचारको भावानुवाद गरिएको छ । सम्पादक) 
 
सीएनएन- आठ सय, लिलामी गर्नेले भने  ९००…. १०००…… ११००… । १२०० लिवियन दिनारमा विक्री । जुन करिब ८ सय अमेरिकी डलर (झण्डै ८५ हजार नेपाली रुपैयाँ) हुन्छ । 
 
यो कुनै पुरानो कार, जमिनको टुक्रा वा फर्निचरको खरिद बिक्री होइन । यथार्थमा दुइ मानिसका किनबेचका लागि लिलामी गर्दा लगाइएको बोली हो । 
 
पहिचान नखुलेका एक जना नाइजेरियन दाश जस्तो लिलामीवाट खरिद विक्री भएको सेलफोनबाट खिचिएको कमसल गुणस्तरको भिडियो सीएनएनले प्राप्त गर्‍यो । लिलामी भएको व्यक्ति २० वर्ष जतिका जस्ता देखिन्थे । भिडियोमा फ्रुस्रो कमिज र पाइन्ट लाएको देखिन्थ्यो । 
 
एउटा समूहले उनलाई खेतबारीमा काम गर्न एक मजबुत केटा भन्दै लिलामीमा राखेका थिए । छोटो भिडियो क्लिप भित्र क्यामरामा लिलामीकर्ता भने देखिएका थिएनन, उनको हात मात्र लिलामीमा राखिएका उक्त व्यक्ति माथि थियो । 
 
यो श्रमिक लिलामीको भिडियो हेरेपछि सीएनएनले यसलाई हो, होइन भन्ने पुष्टि र थप अनुसन्धानका लागि लिवियाको यात्रा गर्‍यो । 
 
गत महिना क्यामरा नदेखिने गरी लिवियाको राजधानी ट्रिपोली भन्दा बाहिर जाँदा हामीले यसरी लिलामी भएको देख्ने कयौँ  मानिसहरू भेट्यौं । 
 
कसैलाई खन्ने मानिस चाहिएको छ, यी मज्जासँग खन्न सक्छन् । यसका लागि मजबुत छन् लिलामीकर्ता कराईरहेका थिए । किन्ने चाहनेले हात उठाउँदै बढाबढ गर्दै गए । ५५०, ६००, ६५०…….। केही मिनेटमा एक व्यक्तिको लिलाम प्रकृया सकियो । उनको भाग्य निर्धारण भयो, उनलाई नयाँ मालिकको जिम्मा लगाईयो । 
लिलामीपछि हामीले विक्री भएका ती व्यक्ति नजिक गयौँ । उनी निकै त्रसित थिए केही पनि बोलेनन् कसैलाई भेट्दा पनि सशंकित देखिन्थे ।
 
सीएनएनलाई ९ स्थानमा यसरी लिलामी हुने गरेको वताईयो । तर, यर्थाथमा यो सङ्ख्या यसभन्दा कयौँ बढी  छ । 
 
प्रत्येक वर्ष दसौँ हजार मानिस लिबियाको सीमामा आउँछन् । उनीहरू शरणार्थी हुन् र द्वन्द्व ग्रसित ती व्यक्तिहरू युरोपमा राम्रो अवसर र आर्थिक समृद्धिको सपना खोज्दै पुग्छन् । 
 
कयौँले यो यात्राका लागि आफूसँग भएको विक्री हुने जति सबै विक्री गरेका हुन्छन् । ताकी लिविया र त्यसपछिको युरोप यात्राका लागि पैसा जुटाउन सकियोस ।
 
तर, हालै लिवियाको कोष्टगार्ड (सेना)ले पनि कडाई गरेको छ । यसको अर्थ थोरै मात्र ढुङ्गा त्यहाँको समुन्द्रवाट बाहिर जान सक्छन् ।  त्यहाँको समुन्द्रवाट बाहिर निस्कन नसक्नेपनि मानव तस्करकै चंगुलमा पुग्छन्  ।
 
यस पछि मानव तस्कर मालिक हुन्छन् र आप्रावासी वा शरणार्थी दास जस्तो हुन पुग्छन् । 
 
सीएनएनले खिचेको यी प्रमाणहरु लिवियाका सरकारी अधिकारीलाई दिईयो । उनीहरूले यसबारेमा अनुसन्धान गर्ने बाचा गरे । 
 
सरकारको गैर कानुनी आप्रावासी नियन्त्रण निकायका एक अधिकारी नासर हज्म आफूले यस्तो लिलामी नदेखेको र केही संस्थागत भएका ग्यांगहरुले यसरी मानव तस्करका लागि चक्रव्यूह खडा गरेको हुन सक्ने स्वीकार गरे ।
 
उनीहरू एउटा डुगामा अटाउन वा नअटाउन एक सय जनालाई राखिदिन्छन् हज्मले भने मानव तस्करलाई पैसासंग सम्बन्ध हुन्छ आप्रावासी आफ्नो गन्तव्यमा युरोप पुगुन वा वाटैमा मरुन उनीहरूलाई मतलब छैन ।
स्थिति निकै खराब छ, इन्टरनेश्नल अर्गनाइजेशन फर माइग्रेसनका आपत्कालीन उद्धार संस्थाका निर्देशक महोम्मद अब्दिकर भन्छन् केही तथ्यहरू त निकै चिन्तित बनाउने खालका र त्रास पूर्ण छन् । लिवियाको मानव लिलामी हुने सहरको जीवन अन्य जस्तै सामान्य देखिन्छ । केटाकेटी सडकमा खेलिरहेका हुन्छन् । मानिसहरू काममा जाने आउने समान्य छ, साथी भाइसँग कुरा गर्छन् र परिवारसंगै बसेर खाना खान्छन् । 
 
तर, दाशहरुको लिलामी हेर्दा समय पछाडि फर्किएको छ जस्तो लाग्छ । खालि पहिले जस्तो दासको घुँडा बाधिएको हुँदैन। 
 
ट्रिपोली स्थित आप्रावासी डिटेन्शन सेन्टरका सुरपभाइजर एनस अल्जावी मानव तस्करले आप्रावासीलाई उत्पिडन भएका कयौँ कथा सुनेको बताउँछन् । 
 
म प्रत्येक दिन उनीहरूलाई देख्छु विश्वास गर्नुहोस् मलाई नै पिडाबोध हुन्छ । उनले भने- प्रत्येक दिन म मानिसहरूका नयाँ नयाँ कथाहरू सुन्छु । 
 
एक जना गिरासतमा रहेका आप्रावासी युवा भिक्ट्रीले आफू दासजस्तो गरी लिलामीमा विक्री भएको बताए । नाइजेरियाको इडो राज्यका २१ वर्षीय भिक्ट्री देशमा विद्यमान भष्ट्रचारवाट वाक्क दिक्क भएर आफ्नो सबै सम्पत्ति विक्री गरेर युरोप जानका हिडेका थिए । एक वर्ष ४ महिना भयो घर छाडेको । जब उनी युरोप जानका लागि लिविया आईपुग त्यहाँ उनको पटक पटक लिलामी भयो । 
 
अहिले उनी लिवियाको हिरासतमा छन् । उनलाई नाईजेरिया पठाउने पहल भइरहेको छ । लिवियामा आफू लगायत अन्य आप्रावासीको बसाई कष्ठकर भएको उनले बताए । खाना पर्याप्त छैन, उत्पिडन हुन्छ र पक्राउ पर्दा यतना सहनु पर्छ उनले भने यहाँका अधिकांश मानिसको शरीर हेर्नेहो भने डामहरु देखिन्छन् यो उनीहरूको यातनाका कारण भएका हुन् । 
पैसा सकिएपछि मानव तस्करले भिक्ट्रीलाई दिउसो काम गर्ने श्रमिकका रूपमा विक्री गरेका हुन् । मैले ल्याएको पैसा पर्याप्त भएन भनेर मलाई विक्री गरे भिक्ट्रीले भने । तब मात्र मानव तस्कर कहाँ लगिन्छ जब उनको पुन विक्री गर्नु पर्ने हुन्छ, उनले भने । मानव तस्करले भिक्ट्री र उनको परिवारसँग उनको रिहाईका लागि कयौँ पटक पैसा पनि मागिसकेका छन् । 
 
मैले एक लाख निरा (नाईजेरियाको मुद्रा करिब २७८० अमेरिकी डलर) खर्च गरेँ उनले गिरासत केन्द्रमा सीएनएनलाई भने मेरो आमाले कयौँ छिमेकीसंग पैसा सापट मागेर मलाई विदेश पठाउन यो पैसा जम्मा गरेकी थिइन ।
 
यसरी अफ्रिकाबाट युरोपका लागि हिँड्ने भिक्ट्री जस्ता कयौँ छन् । उनका साथीहरू पनि यसरी युरोप पुगे तर, भिक्ट्री भने यसमा अभागी हुन पुगे । अव रित्तै आफ्नो घर नाईजेरिया फर्किंदै छन् ।
म युरोप जान सकिन् तर पनि भगवानलाई धन्यवाद दिन्छु जसले मलाई जीवन दिए, उनले भने  म खुसी छैन तर, पुन घर गएर शुन्यवाट सुरु गर्छु यो ज्यादै पिडादायी हुने छ, धेरै दुखदायी हुने छ ।
 
तस्बिर: सामाजिक संजाल