मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

एनआरएनएले विदेशमा बस्ने नेपालीलाई लगाइएको वन्देज खारेज गर्न आग्रह गर्ने

एनआरएनएले विदेशमा बस्ने नेपालीलाई लगाइएको वन्देज खारेज गर्न आग्रह गर्ने


हिमालयखवर संवाददाता
काठमाडौँ – गैर आवासीय नेपाली संघले (एनआरएनए) नेपालको संविधानमा उल्लेखित विदेशमा बस्ने नेपाली नागरिकलाई सरकारी तहमा नियुक्त हुन नपाउने व्यवस्था खारेज गर्न पहल गर्ने निर्णय गरेको छ । एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको घुलिखेलमा यसै साता भएको पूर्ण बैठकले यस्तो निर्णय भएको हो । 
 
नेपालको संविधानको धारा २९१ ले स्थायी बसोबास पाएका नेपाली नागरिकहरूले नेपालको कुनै पनि पदमा नियुक्ति, मनोनीत र निर्वाचित हुन नपाउने व्यवस्था गरेको छ । 
 
यस्तो व्यवस्थाले गैर आवासियन नेपालीको नैसर्गिक अधिकार हनन भएको तथा विदेशमा बस्ने नेपालीलाई विदेशी नागरिकता दिन प्रोत्साहित गरेकोले उक्त धारा खारेज गर्न राजनीतिक दलहरूलाई अनुरोध गर्ने निर्णय गरेको छ संघको विज्ञप्तिमा भनिएको छ ।  
 
यो व्यवस्थाले अमेरिकामा ग्रिनकार्ड वा अन्य देशमा स्थायी बसोबास अनुमति पत्र पिआर लिने नेपालीलाई भेदभाव गरेको थियो । 
 
बैठकले विगतका कार्यको समीक्षा गर्दै गोर्खाको लाप्राकमा भूकम्प पीडितका लागि ४२ करोडको लगानीमा निमार्ण भइरहेको ५७३ घर सहितको नमुना बस्ती योजना छिटो सक्ने, सचिवालय निमार्णलाई तीव्रता दिने लगायतका १७ वटा निर्णय गरेको छ । 
 
बैठकमा संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्व अध्यक्ष जीवा लामिछाने लगायतको पछि सहभागिता थियो । हालै निवर्तमान भएको अध्यक्ष शेष घलेभने बैठकमा गएका थिएनन् । 
 
बैठकले एनआरएनएका अगुवाको नेतृत्वमा नेपालको पूर्वाधार विकासमा लगानी गर्न इन्भेष्टमेण्ट कम्पनी स्थापना गर्ने निर्णय पनि गरेको छ । यसबाहेक विदेशमा बस्ने नेपालीलाई व्यक्ति र सामुुहिक रूपमा नेपालमा लगानी गर्न अभिप्रेरित गर्ने निर्णय पनि भएको सङ्घ द्धारा जारी विज्ञप्तिमा उल्लेख छ । 
 
उक्त बैठकमा अमेरिकाबाट एनआरएनए अमेरिकाज क्षेत्रका लागि क्षेत्रीय संयोजक गौरी जोशीले प्रतिनिधित्व गरेका थिए ।
 
एनआरएनएको कार्यसमिति पूर्ण बैठकले गरेको निर्णयको पूर्ण विवरण ।