मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पत्रकार उपेन्द्र सापकोटालाई पितृ शोक

पत्रकार उपेन्द्र सापकोटालाई पितृ शोक


लस एन्जलस- नेपाल अमेरिका पत्रकार संघ, नेजाका सदस्य उपेन्द्र सापकोटाका पिता काभ्रेपलाञ्चोक जिल्ला बनेपा न. पा. निवासी कृष्ण प्रसाद सापकोटाको मिति १९९४ असोज १ गते जन्म भई उपचारको क्रममा हिजो मिति २०७४ कार्तिक ३० गते ८० वर्षको उमेरमा स्वर्गारोहण भएको छ ।
 
पत्रकार सापकोटाका पिताको क्यान्सर रोगको उपचारको क्रममा देहावसान भएको हो । यो दु:खद घडीमा दिवगंत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सापकोटा परिवारप्रति धैर्य धारण गर्ने शक्ति प्रदान गराउन भगवानसंग प्रार्थना गर्दै  हार्दिक समवेदना प्रकट गर्दछौँ ।