मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेस उम्मेदवारहरुको घरदैलो र कोणसभा

कांग्रेस उम्मेदवारहरुको घरदैलो र कोणसभा


चितवन– चितवन क्षेत्र नं १ अन्तर्गत नेपाली काँग्रेसका प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरुले बिहीबार रत्ननगर ५ झुवानीमा घरदैलो र कोणसभा गरेका छन् । प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी र प्रदेशसभा(ख)का उम्मेदवार उत्तम आचार्यले जनताको घरदैलोमा पुगेर भोट मागेका हुन् । 
 
घरदैलोपछि आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बुर्लाकोटीले लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाई मतदान गर्न आग्रह गरे । काँग्रेसले मात्र मुलुकमा सुशासन र विकास गर्न सक्ने भन्दै उनले यसपटकको निर्वाचनमा काँग्रेसलाई बहुमतले विजय गराउन आग्रह गरे । 
 
लोकतन्त्र र जनताको रक्षा गर्ने एकमात्र पार्टी काँग्रेस रहेको भन्दै उनले निर्वाचनमा बाटो नबिराउन मतदातालाई आग्रह गरे । कार्यक्रममा प्रदेशसभा(ख)का उम्मेदवार आचार्यले विकास र समृद्धिका लागि काँग्रेसको जीत आवश्यक रहेको बताए । प्राप्त उपलब्धि रक्षाको लागि काँग्रेसको बहुमतको सरकार जनताले चाहेको दाबी गरे । 
 
झुवानी चोकबाट सुरू भएको घरदैलो टरौली, थारुबस्ती हँुदै डडराई गाउँसम्म पुगेको थियो । घरदैलोमा क्षेत्रीय सभापति कुमार कार्की, नेपाली काँग्रेस रत्ननगरका सभापति रुपनराज घिमिरे, खैरहनी सभापति शशी खनिया, महासमिति सदस्य वासु ढुंगाना, विजय ओझा, जिल्ला प्रवक्ता निता ढकाल, सहसचिव सूर्य अर्याललगायतको सहभागिता रहेका थियो ।