मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सुकुमबासीको समाधान कांग्रेसबाहेक अरुले गर्दैन : नेता अधिकारी

सुकुमबासीको समाधान कांग्रेसबाहेक अरुले गर्दैन : नेता अधिकारी


चितवन– चितवन क्षेत्र नं २ प्रदेश (ख) का काँग्रेस उम्मेदवार प्रकाश अधिकारीले सुकुमबासी समस्याको समाधान काँग्रेसबाहेक अरुले गर्न नसक्ने दाबी गरेका छन् । 
 
भरतपुरको आँपटारीमा काँग्रेसको चुनाव प्रचारप्रसार पछिको कोणसभामा बोल्दै अधिकारीले सुकुमबासी समस्याको दीर्घकालीन समाधान जरूरी रहेको बताए । 
 
‘चुनावको बेला भोट माग्न आउँदा चुट्कीका भरमा छ महिनाभित्र सुकुमबासी समस्या समाधान गर्छु भन्नेहरु ढलेको सिन्को नभाँची फेरि चुनावमा उम्मेदवार बनेर आएका छन्”, उनले भने– प्रतिनिधिसभा सदस्यका लागि चितवन २ का एमाले उम्मेदवार कृष्णभक्त पोख्रेलप्रति लक्षित गर्दै अधिकारीले भने, “कम्युनिष्टहरु गरिबलाई झन् गरिब गराएर राजनीति गरिराख्न रुचाउने हुँदा उनीहरुवाट सुकुमबासी समस्याको समाधान हुन सक्दैन ।”
 
अधिकारीले आँपटारी, गणेशथान, लंकालाइनलगायतका सुकुमबासी तथा अव्यवस्थित घरपरिवारको दीर्घकालीन व्यवस्थापनका लागि आफूले योजना बनाइसकेको जानकारी पनि दिए ।
 
नेपाल प्राध्यापक संघका महासचिवसमेत रहेका उम्मेदवार अधिकारीले भने– ‘हिजो यो बस्तीमा संकट आउँदा काँग्रेसबाहेक कुन पार्टी आएको थियो तर आज भोटका लागि सबै आएका होलान्, त्यसलै मतदान गर्दा ध्यान दिनुपर्छ ।’ 
 
यहाँको पानी बिजुली र बाटोको लागि लागेको पार्टीले भोलि पनि यहाँको बस्ती व्यवस्थापनका लागि सहयोग गर्ने उनको भनाइ छ । 
नागरिकहरु सचेत भइसकेको भन्दै उम्मेदवार अधिकारीले आफूले प्राप्त गरेका अधिकार भूमिहीनहरुका समस्याको समाधान गछौँ भन्दै २/३ महिनामै लालपुर्जा दिन्छु भन्ने झुठा आश्वासन नदिन अन्य उम्मेदवारलाई आग्रह गरे । 
 
“म ठूला र चर्को कुरा गर्दिन । तपाईंहरुसँगै मिलेर तपाईंहरुको साथमै रहेर सुकुमबासी समस्या समाधानका लागि लाग्ने छु”, उनले भने । 
 
यता, संघ र प्रदेशको निर्वाचन नजिकिएसँगै चुनावी कार्यक्रमहरु पनि  बाक्लिएका छन् । बिहीबार नेपाली काग्रेस भरतपुर २ ले आँपटारीको  देवकोटाचोकमा चुनावी सभा तथा घरदैलो गरेको हो । 
 
कार्यक्रममा बोल्दै अधिकारीले लोकतन्त्रका लागि आफूले कसैसँग कुनै किसिमका सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गरे । 
“लोकतन्त्र भनेको कुनै सिद्धान्त र वादभन्दा पनि यो जनतालाई मालिक बनाउने शासन व्यवस्था हो” उनले भने । 
 
कार्यक्रममा सुकुमबासी आयोग चितवन पूर्वउपाध्यक्ष सीताराम भट्टले  यहाँ धेरै समस्या छन् तर आज जे जति छ, त्यो सबै नेपाली काँग्रेसले गर्दा भएको बताए । 
 
कार्यक्रममा नेपाल सुकुमबासी संघ, चितवन, उपाध्यक्ष राजेश महतले सत्यको प्रशंसा गर्ने हो भन्दै हिजोदेखि आजसम्म काँग्रेसले गरेको छ । बाटो, विद्यालय एवं खानेपानीका लागि नेपाली काँग्रेसले नै काम गरेको हो । काँग्रेसका पुराना नेता मुक्तिलाल चुकेदेखि पछि आजसम्म काँग्रेसले नै साथ दिएको छ । शाही शासनका बेला भूमिहीन उठाउन ७ दिने अल्टिमेटमसमेत दिएको बेलामा समेत नेपाली काँग्रेसका नेताहरुकै पहलमा सो राकिएको हो । 
 
उनले भने– ‘काँग्रेसले जे भन्छ, त्यो गर्छ तर वामपन्थीहरु आफू काम नगर्ने निर्वाचनका बेला जस लिन तछाडमछाड गरिरहेका छन् । त्यसैले त्यसको जवाफ काँग्रेसलाई मत दिएर गर्नुपर्छ ।’ 
 
आश्वासनभन्दा अरु केही गर्न नसक्ने वामपन्थी गठबन्धनको आयू लामो नभएको बताउँदै राप्रपा प्रजातान्त्रिकका सहकोषध्यक्ष डोलराज पुडासैनीले यो गठबन्धन चुनावसम्मको नाटकमात्रै भएको बताए । ‘कम्युनिष्टहरु शक्तिका पूजारी हुन् नागरिकका होइनन् तसर्थ उनीहरुका जालझेलबाट बेलैमा सर्तक हुनुपर्छ’ उनले भने ।