मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

मेरो घोषणा पत्र

मेरो घोषणा पत्र


जे मन लाग्छ लेख्नु मनपडी, 

छुटपिट केही नराख्नु वाँकी,

हुने नहुने,
मिल्ने नमिलने,
सकिने नसकिने,
सरर लेख्नु, 
लेख्दैमा के जान्छ र ?
यो त घोषणा-पत्र न परयो ।।
आफैमा आयू कम भएको,
चुनाव देखि चुनाव सम्मको,
दुई दिने पाहुना सरी,
हावाको बेगमा आउँछ,
देखे जती समेटेर ल्याउन्छ, 
देश-बिदेश,
चारैतिरका बटुल्दै,
बिजुली कागज मै झलमलाउन्छ,
रेल-जहाज हावामा कुदाउन्छ,
बाटो-धाटो,
बिकासे मूल फुटाउन्छ,
काल्पनिक सुनै सुनको,
रावणको लंका जस्तै,
मानव बस्तीकोलागी नभै,
मानौ अरु कै लागी,
निर्मित एकादेशको कहानीको,
कल्पनिक पत्र न हो, 
लेख्दैमा के जान्छर ?
यो त घोषणा-पत्र न परयो ।।
पत्रै पत्रको यो जाल-पत्रमा,
प्रेम-पत्रमा नाठोले,
सम्बन्ध चुडाले झै,
गाउँ-गाउँ पस्दै,
मान्छे फुटाउदै,
समाज टुटाउने,
झुट सिकाउने,
लेखक बिहिन कथाको,
लेखन प्रतियोगीता न हो यो,
लेख्दैमा के जान्छ र ?
यो त घोषणा-पत्र न परयो ।।
यो स्वैत-झुटको पत्रमा,
सिंगापुर र हङकङ सम्झिदै,
गासबास र कपास हेर्दै,
दंग परेका गरीवदासले,
हरेक पटक हारे,
जिते उनैले,
जसले, 
प्रतियोगी लेखनमा,
बीसमा बीस ल्याए ढटाईमा,
बीसमा बीस ल्याए छलछाममा,
बीसमा बीस ल्याए बदमासी-फटाहीमा,
बीसमा बीस ल्याए डनवादमा,
बीसमा बीस ल्याए धनवादमा, 
नम्बर पुग्यो एकसय,
चुनावसंगै खेल खत्तम,
यो त एक कलाकारीता न हो,
लेख्दैमा के जान्छ र ?
यो त घोषणा-पत्र न परयो ।।