मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

काँग्रेसको विजयलाई कसैले पनि रोक्न सक्दैन : डा कोइराला

काँग्रेसको विजयलाई कसैले पनि रोक्न सक्दैन : डा कोइराला


नवलपरासी– नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले काँग्रेस यो निर्वाचनमा पहिलो पार्टी हुने दाबी गरेका छन् । इतिहास बोकेको पुरानो पार्टी काँग्रेसको विजयलाई कसैले पनि रोक्न नसक्ने कोइरालाले बताएका छन् । 
 
नेपाली काँग्रेसको चुनाव प्रचारप्रसार कार्यक्रमलाई बुधबार आफ्नो निर्वाचन क्षेत्र नवलपरासी  बर्दघाट सुस्तापूर्व क्षेत्र नं १ को कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै कोइरालाले सो विचार व्यक्त गरेका हुन् । 
 
काँग्रेस सत्तामा रहँदा नै मुलुकमा धेरै काम भएकोले काँग्रेसकोे विजयलाई साम्यवादले पनि रोक्न नसक्ने कोइरालाको भनाइ थियो । आठ हजार यातायात भएको नेपालमा अहिले ८१ हजार किलोमिटर यातायात पुगेको, एउटा विश्वविद्यालय भएकोमा अहिले १० वटा विश्वविद्यालय, १९ वटा मेडिकल कलेज पुगेको र यो सबै काँग्रेसकै कारणले भएको महामन्त्री डा कोइरालाले बताए । 
 
उनले भने– ‘चुनावमा एक भएर लाग्नोस् र काँग्रेसले जित्नुपर्ने र मुलुकलाई बीपी कोइरालाले संकल्प गरेको सिद्धान्तमा अगाडि बढाउने दायित्व अब मेरो काँधमा आएको छ ।’ अबको प्रधानमन्त्री रामचन्द्र पौडेल र आफूमध्ये एक हुने र मुलुकलाई कायापलट गराउन आफूसँग स्पष्ट दृष्टिकोण भएको कोइरालाले खुलासा गरे । 
 
काँग्रेस अहिले एकढिक्का भएर चुनावमा होमिएकाले अन्तर्घात गर्ने जो कसैलाई पनि कडा कारबाही गर्ने चेतावनी दिँदै डा कोइरालाले काँग्रेस भएर अनुशासनभन्दा बाहिर गएर कसैले पनि गलत कुरा गरेर पार्टीलाई कमजोर बनाउने सपना बुनेको छ भने अब त्यस्तालाई कारबाही गरेर पार्टी शुद्धिकरण गरिने पनि बताए । 
 
अब काँग्रेस विचारले अघि बढ्ने स्पष्ट पार्दै डा कोइरालाले विचारमा अघि बढेको पार्टी भएकै कारण अब काँग्रेसको विजयलाई कसैले रोक्न नसक्ने बताए । 
 
‘काँग्रेसले जस्तोसुकै कठिन परिस्थितिमा पनि मुलुकलाई अघि बढाउन सक्ने भएकाले पनि यो चुनाव उसको विचारले जित्ने र यो चुनावमा काँग्रेस आफ्नो विरासत कायम राख्न पूर्णसक्षम हुने कोइरालाले दाबी गरेका छन् । 
 
नेपाली काँग्रेस नवलपुर क्षेत्र नं १ को चुनाव प्रचारप्रसार कार्यालयहरुको विभिन्न ठाउँमा उद्घाटन गर्दै महामन्त्री डा कोइरालाले कथित वाम गठबन्धनले काँग्रेसलाई विचलित बनाउन नसक्ने र अहिलेको विजयलाई नेपाली जनताले साथ दिने बताए । 
 
नेपाली काँग्रेस यो देशलाई समृद्धिको बाटोमा अघि बढाउन र यसले नेपाली जनताका लागि त्याग गरेको स्मरण गर्दै यसको विजयलाई सधैँ नेपाली जनताले साथ दिइरहेका कोइरालाले स्पष्ट पारे । यो दुवै चुनाव काँग्रेसका लागि मह¤व राख्ने भएकाले काँग्रेस कार्यकर्ताले आफ्नो पोल्टामा पार्न सक्षम हुने कोइरालाको दाबी थियो । 
 
नेपाली काँग्रेस क्षेत्र नं १ नवलपरासीका उम्मेदवारसमेत रहेका कोइरालाले पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै भने– ‘एक महिना पार्टीका लागि खटनोस्, पाँच वर्ष पार्टी देश र जनताको विकासका लागि खट्छ ।’  
 
नेपाली काँग्रेसलाई सिध्याउने खेलमा वाम गठबन्धन लागे पनि त्यसले काँग्रेसलाई बेफाइदा होइन, थप मजबुत र उत्साह थपेकाले जनताले साम्यवाद रोजेर दास भएर बाँच्ने कि लोकतन्त्र रोजेर स्वतन्त्र भएर बाँच्ने फैसला गर्ने बेला आएको उल्लेख गरे । 
 
उनले काँग्रेस वाम गठबन्धनका कारण चुनाव हार्छ भनेर हल्ला फिँजाउनेहरुलाई कम्युनिष्ट शासन विश्वबाटै पतनको बाटोमा अघि बढिरहेकाले त्यसको लागि अत्तिन नपर्ने बताए । कार्यकर्ताहरुलाई अहिले गाउँगाउँ जान र पार्टीको पक्षमा माहौल बनाएर अघि बढ्न उनले आग्रह गरे ।