मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

गोरखामा डा भट्टराईको माहोल देखेर प्रचण्डले भने– उम्मेदवारी छोडेर माओवादीमा आउनुहोस्

गोरखामा डा भट्टराईको माहोल देखेर प्रचण्डले भने– उम्मेदवारी छोडेर माओवादीमा आउनुहोस्


हिमालय खबर संवाददाता
गोरखा– गोरखा क्षेत्र नं २ मा माओवादी नेता नारायणकाजी श्रेष्ठलाई भोट माग्न सहयात्री केपी ओलीसँग गोरखा पुगेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले डा बाबुराम भट्टराईलाई उम्मेदवारी छाडेर माओवादीमा फर्किन आग्रह गरेका छन् । 
 
नयाँ शक्ति पार्टीका संयोजक डा भट्टराईले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसको समर्थनमा गोरखा–२ बाट उम्मेदवारी दिएपछि तातेको माहोल देखेर प्रचण्डले यस्तो प्रतिक्रिया दिएका हुन् । 
 
गोरखा–२ मा माओवादी नेता नारायणकाजी श्रेष्ठ डा बाबुरामसँगै चुनाव लड्दैछन् ।  बुधबार श्रेष्ठको पक्षमा माहोल सिर्जना गर्न एमाले अध्यक्ष ओलीको साथ लिएर गोरखाको भच्चेक हान्निएका प्रचण्डले आफूलाई अझै पनि बाबुरामको माया लाग्ने भन्दै माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आए स्वागत गर्न तयार रहेको बताए । 
 
कार्यक्रममा उनले डा भट्टराईलाई ‘घर न घाटको’ हुन लागेको व्यङ्ग्य गरे । उनले थपे– ‘बाबुराम दिल्लीमा आम आद्मी पार्टीले जस्तै नयाँ शक्ति बनाउँछु भनेर हिँडेको तर, असफल भए । नेपाल दिल्ली होइन, गोरखा दिल्ली होइन, तपाईं केजरीवाल पनि होइन । यो हुनै नसक्ने कुरामा किन लाग्नुभयो ?’
 
उनले डा बाबुरामलाई ‘भीरबाट लड्ने गोरूलाई रामराम भन्न सकिने तर काँध थाप्न नसकिने’ उखानसँग तुलनासमेत गरे ।