मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्वाइट हाउस ट्रम्प प्रशासन टीपीएस रद्द गर्ने पक्षमा

ह्वाइट हाउस ट्रम्प प्रशासन टीपीएस रद्द गर्ने पक्षमा


हिमालयखवर संवाददाता
अमेरिका- ह्वाइट हाउस प्रशासन दैवि प्रकोपमा परेका देशका अमेरिकामा भएका आप्रवासीलाई बस्न र कामगर्ने दिने व्यवस्था टीपीएस खारेज गर्ने पक्षमा देखिएको छ । यो राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको आप्रावासी माथिको अर्को प्रहार हो । केही दिन अघि ट्रम्पले डीभी लटरी बन्द गर्ने घोषणा गरेका थिए । 
 
गत नोभेम्बर ६ मा निकारागुवाका करिब २ हजार ५०० ले पाएको यस्तो अधिकार समाप्त गरिएको कार्यवाहक होमल्याण्ड सेक्युरिटी सचिव एलाइन डुकले घोषणा गरेकी थिइन । यसपछि हण्डुरेसका आप्रावासीले पाएको टीपीएस पनि रद्द गर्न ह्वाइट हाउस प्रशासनले होमल्याण्ड सेक्यूरिटीलाई दबाब दिएको थियो । सन् १९९८ मा आएको समुन्द्री आंधीका कारण यी देशका आप्रावासीले टीपीएस पाएका थिए । 
 
यदि ह्वाइट हाउस प्रशासनको चाहना अनुसार टीपीएस रद्द भएभयो यस मार्फत अमेरिकामा बस्ने र काम गर्दै आएका करिब ६ लाख भन्दा बढी आप्रावासी फकर्नु पर्ने छ । यसमा १ लाख ९० हजार एलसाल्भाडोर, ५७ हजार हुन्डुरस र ५० हजार हाईटीका छन् । यसमा करिब १० हजार भन्दा बढी नेपालका पनि छन् । टीपीएस रद्द भए यी डिर्पोटेशनमा पर्ने टाइम म्यागेजिनले उल्लेख गरेको छ ।
 
टीपीएस अस्थायी बसोबास अनुमति भएपछि पटक पटक ६ महिना देखि १८ महिना सम्म समय थपिदैं आएकाले स्थायी हुन पगुेको हुदां राष्ट्रपतिले केही निर्णय लिनु पर्ने अवस्था आएको यो रद्द हुनुपर्छ भन्नेहरुको दाबी छ । दैवि प्रकोप पछिको अवस्थामा आफ्नो देश फर्किने उपयुक्त वातावरण छैन भन्ने आधारमा उक्त देशका आप्रावासीलाई मानवीय आधारमा टीपीएस दिई अमेरिकाले बस्ने र काम गर्ने अधिकार दिएको हो । 
 
तर, यस मार्फत स्थायी बसोबासका लागि चाहिने ग्रिनकार्ड वा नागरिकता भने लिने सकिने प्रावधान छैन । यो पाउने आफ्नो देश जान र आउन सक्ने भए पनि परिवार ल्याउंन पाउंदैनन । टीपीएस लिनेले अन्य ग्रिनकार्ड पाउन सक्ने आधार भएमात्र निवेदन दिन सक्छन् । अमेरिकी नागरिक सँग विवाह, रोजगार दाताको स्पोन्सर लगायतका उपाय नगरी टीपीएसवाट ग्रिनकार्ड पाउन सकिदैंन । 
 
अमेरिकी प्रशासन अस्थायी प्रावधानलाई यही अनुसार अगाडी बढाउने पक्षमा रहेकाले पनि यो कार्यक्रम रद्द हुने सम्भावना बढेको हो । यदि तपाईँ टीपीएसमा हुनुहुन्छ भने अहिलेनै ग्रिनकार्ड लिने उपाय गर्नु उपयुक्त हुने इमिग्रेशन विज्ञहरुको सुझाव छ । 
 
तीन जना सांसदले टीपीएस पाउनेलाई ग्रिनकार्ड दिनुपर्ने विद्येयध ल्याउन लागेको सार्वजनिक गरेका छन् । नेपाली आप्रावासीले पाएको टीपीएस अवधि पनि महिना पछि सकिदैं छ । यसलाई निरन्तरता गराउन नेपालीले संस्थागत प्रयास भने थालेका छन् । तर, विपक्षी डेमोक्र्याट पार्टीका सांसदको अगुवाईमा आउने लागेको यो विद्येयक पास हुने सम्भावना तत्काललाई न्यून छ ।