मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

देशको समृद्धि हाम्रै पालामा ल्याउन विवेकशील साझा : निरज रेग्मी

देशको समृद्धि हाम्रै पालामा ल्याउन विवेकशील साझा : निरज रेग्मी


निरज रेग्मी, बौद्धिक क्षेत्रमा सुपरिचित नाम हो । २०३६ साल मंसिर २४ गते जन्मिएका उनी रत्ननगर–३, चितवनका बसोबास गर्छन् । प्रजातान्त्रिक पृष्ठभूमिका कमलनाथ र कमला रेग्मीका सुपुत्र उनी राजनीतिक पृष्ठभूमिका परिवारका कारण सानैदेखि राजनीतिमा प्रशिक्षित भएका युवा हुन् । ठूला भनिने दलहरुका अदूरदर्शी नेतृत्व, भिजन र प्रवृत्तिबाट वाक्क भएका उनी स्वतःस्र्फूत विवेकशील साझा पार्टीमा सक्रिय छन् । 
 
त्रिविबाट व्यवस्थापन संकायमा प्रथम श्रेणीमा स्नातकोत्तर र पूर्वाञ्चल विश्वविद्यालयबाट शिक्षा संकायअन्तर्गत स्नातकोेत्तर अध्ययनरत उनी विगत १० वर्षदेखि अध्यापन पेशामा संलग्न छन् । नेपाल पर्यटन बोर्ड र नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा सहायक अधिकृत र कार्यालय सचिवको भूमिका निर्वाह गरिसकेका उनी थुप्रै सामाजिक संघसंस्थामा रहेर सामाजिक अभियानमा जुट्दै आएका छन् ।
 
प्रस्तुत छ, चितवन क्षेत्र नं १ बाट  प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिएका उनीसँग हिमालय खबरले गरेको संक्षिप्त कुराकानी– 
 
१) चितवन क्षेत्र नं १ को प्रतिनिधिसभा निर्वाचनमा तपाईंको उम्मेदवारी किन ? 
 
– यस क्षेत्रको सुशासनका लागि, विभिन्न तहमा हुने भ्रष्टाचार निवारणका लागि, प्रशासन र राजनीतिमा पद्धति, पारदर्शीता, इमान्दारिता र उत्कृष्टताका लागि, अर्थतन्त्रको उद्धेलनका लागि, प्रभावकारी भूउपयोग, वातावरण संरक्षण र पूर्वाधार निर्माणका लागि, गुणस्तरीय सार्वजनिक सरक्षाका लागि, न्यायपूर्ण र समतामूलक समाजका लागि मेरो उम्मेदवारी हो । 
 
२) मतदाताले तपाईंलाई किन भोट दिने ? 
 
–म ३८ वर्षमुनिका युवाहरुको समूहमा पर्दछु । अब यो देशको राजनीतिक नेतृत्व युवाले गर्नुपर्दछ । युवाको जोश, जाँगर र ऊर्जालाई उचित उपयोग गरेर यो देशलाई समृद्ध बनाउनु अबको अपरिहार्यता हो ।
 
पुराना राजनीतिक पार्टीहरुले यसअघि जनमत पाएर पनि विकासका क्रियाकलापहरु अपेक्षा गरेअनुसार गर्न असक्षम भए । असल आचरण यी पुराना पार्टीहरुले विकास र समृद्धिमा देखाउन सकेनन् । तर म पद्धति पारदर्शिता, इमान्दारिता र उत्कृष्टता जस्ता राजनीतिका मह¤वपूर्ण मूल्य–मान्यताहरुलाई अंगिकार गर्दै यो देशको समृद्धि हाम्रै पालामा ल्याउने अभियानका साथ अघि बढेकाले मतदाताले मलाई भोट दिनुपर्दछ । 
 
३) के कस्ता एजेन्डा लिएर मत माग्दै हुनुहुन्छ ? 
 
–हाम्रा एजेन्डाहरु स्थिर राजनीति, सुसंस्कृत राजनीति, भ्रष्टाचारमुक्त समाज, युवाहरुलाई स्वदेशमै उचित परिचालनका लागि हुन् । यस्तै राष्ट्रिय स्वाभिमान कायम राख्न, व्यक्ति बन्न तर देश नबन्ने प्रथा हटाउनका लागि र समावेशी लोकतन्त्र स्थापनाका लागि हो । कल्याणकारी उदारवादी अर्थतन्त्र र नेपालको समृद्धि हाम्रै पालामा देख्नका लागि हो । 
 
४) अब वैकल्पिक शक्ति किन आवश्यक छ ? 
 
–राजनीतिक विकल्प तब खोजिन्छ जब विद्यमान राजनीतिक दलहरुले अनअपेक्षाअनुसार कार्य गर्न सक्दैनन् । नेपालको परिपेक्ष्यमा पुराना राजनीतिक पार्टीहरुले विभिन्न कालखण्डमा जनताले अधिकार पाउनुपर्दछ भनी राजनीतिक क्रान्ति गरे ।
 
जनताले अधिकार पनि पाए । यसको लागि यी पार्टीहरुलाई धन्यवाद दिनैपर्दछ । तर, विकासका अवसरहरु पनि यी पुराना पार्टीहरुले नपाएका भने होइनन् । तर उनीहरुमा असल आचरणको अभावले गुणस्तरीय विकास संभव हुन सकेन । हामी स्रोत साधनले सम्पन्न हुँदाहुँदै पनि अस्थिर, कूसंस्कृत र भैष्ट राजनीतिले गर्दा अविकसित रहिरहनुप¥यो ।
 
विश्वमा हामीभन्दा अति नै प्रतिकूल अवस्थामा भएका देशले द्रूत गतिमा प्रगति गर्दा पनि हामीचाहिँ अत्यन्तै विपन्न, भ्रष्ट र अस्थिर रहिरह्यौँ । त्यसैले हामी सुसंस्कृत राजनीतिको बलियो जग हालेर एकै पुस्तामा नेपाललाई रुपान्तरण गर्ने दृढ विश्वास बोकेर अस्तित्वमा आएक हौँ । 
 
५) मतदाताका अपेक्षा के कस्ता छन् ? 
 
–लगभग धेरै मतदाताहरु यी पुराना दलहरुबाट चिन्तित छन् । हामीले धेरै समय यिनीहरुलाई साथ दियौँ तर हाम्रो अपेक्षाअनुसार नदेखिएकाले अब यी पार्टीहरुप्रति हाम्रो विश्वास घट्दै गएको भनाइ जनताको देखिन्छ । जनता अब युवा वर्गले राजनीतिक नेतृत्व लिएको हेर्न चाहन्छन् । 
 
६) विवेकशील साझा पार्टी कसरी वैकल्पिक शक्ति बन्न सक्छ ? 
 
–हामी हाम्रा मूल्य मान्यता, पद्धपत, पारदर्शिता, इमान्दारिता र उत्कृष्टताका आधारमा अरु पार्टीभन्दा नितान्त फरक छौँ । हामी लोकतान्त्रिक स्रविधानको सर्वोच्चतामा मन, वचन र कर्मले विश्वास गर्दछौँ । हामी शब्द र कर्मबीच तादात्म्य राख्छौँ । हामी जे गर्न सक्दछौँ त्यही बोल्छौँ, जे सक्दैनौँ त्यो बोल्दैनौँ । हामी हिंसा, बन्द–हड्ताल, संसद अवरुद्ध, सडक आन्दोलन, भित्तेलेखन जस्ता विकृत राजनीतिलाई बढावा दिने कार्य गर्दैनौँ । हामी कुनै पनि पेशाकर्मीको भगिनी संगठन खोल्दैनौँ । 
 
७) तपाईं स्वतःस्र्फूत किन विवेकशील साझा पार्टीप्रति विश्वस्त बन्नुभयो ?
 
–यो देशमा आज जुन किसिमको राजनीतिक विकृति देखिएको छ त्यसको नकारात्मक परिणाम जनताले भोगिरहनु परेको छ । यो देख्दा देख्दै म जस्ता हजारौँ युवा गलत राजनीतिक नेतृत्वका कारण अति निराश छौँ । म लगायत आम जनता अहिलेको परिस्थितिबाट उत्प्रेरित भइरहेका छैनौँ । विवेकशील साझा पार्टीमा म कसैको करकापबाट आवद्ध भएको होइन ।
 
विवेकशील साझा पार्टीले लिएको मूल्य–मान्यता, साझा लक्ष्य, सिद्धान्त र मिसनबाट प्रभावित भएर म यस पार्टीमा सक्रिय छु । यसबोहक यस पार्टीका केन्द्रीय तहमा बौद्धिक र विभिन्न क्षेत्रका विज्ञहरु संलग्न भएकाले पनि म यो पार्टीप्रति विश्वस्त छु ।