मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

दुई मिनेटमा एक अर्ब डलरको कारोबार

दुई मिनेटमा एक अर्ब डलरको कारोबार


हिमालयखवर संवाददाता –
दुई मिनेटमा एक अर्ब अमेरिकी डलर बराबरको व्यापार ? चीनको इ कमर्श (अनलाइनबाट समान विक्री गर्ने ) कम्पनी अलिबाबाको शनिवार 'व्यापार डे' का दिन कायम गरेको रेकर्ड हो यो । 
 
विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनमा शनिवार विश्वकै सबैभन्दा ठुलो अनलाइन व्यापार भएको दिनका रूपमा रेकर्ड रह्यो । चीनको अनलाइन व्यापार इ कर्मशको सबैभन्दा ठुलो कम्पनी अलिबाबाले शनिवार एकै दिनमा २५ अर्ब ४० करोड डलर बराबरको व्यापार गर्न सफल रह्यो । 
 
यो विश्वको सबैभन्दा ठुलो अर्थतन्त्र र उपभोक्ता बजार मानिएको अमेरिकाको वर्षकै ठुलो व्यापार उत्सव व्ल्याक फ्राईडे र यस पछिको 'साइवर मन्डे' दुवैको जोड भन्दा पनि बढी हो । अलिबावाले १३ घण्टामा झण्डै १८ अर्ब डलरको व्यापार गरेको थियो । 
 
चीनिया उपभोक्तालाई केन्द्रित गरी अलिबावाले शनिवार अर्थात् नोभम्बर ११ (११/११)लाई विशेष ग्लोबल व्यापार डेका रूपमा ९ वर्ष देखि मनाउँदै आएको छ । 
 
यसलाई विश्वकै सबैभन्दा ठुलो अनलाइन सपिंग डेका रूपमा लिइएको छ । उक्त दिनको सुरुमा करिब प्रति सेकेण्ड ३ लाख २५ हजार अर्डर प्राप्त भएको अलिबाबाले जनाएको छ । चीनमा यो व्यापार उत्सव भएपनि फाइदामा भने अमेरिकी ब्राण्डनै भएका छन् । एप्पल, नाइकका उत्पादन किन्नेको चाप थियो ।
यस्तै सामसुंग, जारा ब्राण्डपनि धेरै माग हुनेमा परेका थिए । उक्त मेलामा १ लाख ४० हजार भन्दा बढी ब्राण्डले भाग लिएका थिए । यसका १ करोड ५० लाख भन्दा बढी उत्पादन विक्री सुचीमा राखिएको थियो । 
 
गत वर्ष यही दिन १८ अर्ब डलर बराबरको कारोबार भएको थियो । अनलाइन सपिंग (खरिददारी) लाई बढवा दिन अलिबाबाले ११/११ लाई सपिंग डेका रूपमा प्रचार प्रसार गर्दै आएको छ ।
 
अलिबाबा चीनको सबैभन्दा ठुलो अनलाइन मार्फत समान विक्रेता कम्पनी हो । यसले चीन बाहेकका देशमा पनि कारोबार विस्तार गरिसकको छ । नेपालमा पनि अलिबाबाले कारोबार गर्ने चासो देखाएको छ ।