मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत

भारतविरुद्ध नेपालको ऐतिहासिक जीत


काठमाडौँ – मलेसियामा जारी एसिसी यू–१९ एसिया कपमा नेपालले भारतविरूद्ध ऐतिहासिक जीत हात पारेको छ ।
 
कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनले नेपालले भारतलाई १९ रनले हराउँदै इतिहास रचेको हो । कप्तान दीपेन्द्रसिंह ऐरीले व्यक्तिगत चौथो विकेट लिने क्रममा नेपाललाई नवौ सफलता हात पारे ।
 
यसअघि कप्तान दिपेन्द्र सिंह ऐरीले नेपालका लागि सातौ विकेट लिएका थिए । यसअघि नेपालका पवन सरार्फ २ विकेट लिए भने सन्दिप लामिछानेले १ विकेट लिए । त्यस्तै साहब आलम, दीपेन्द्र सिंह ऐरी र कमल सिंह ऐरीले १९१ विकेट लिएका छन् ।
 
भारतका लागि हिमांशु रानाले सर्वाधिक ४६ रन बनाएर आउट भएका थिए भने कलराले ३५ रन बनाएर आउट भए । आथार्वा टाइडे १३ रन बनाउँदा सलमान खान शून्यमा आउट भए । नेपालले दिएको १८६ रनको लक्ष्य भारतले पछ्याइरहेको छ ।
 
यसअघि मलेसियाको बायुमास ओभलमा टस जितेको भारतले बलिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८५ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको भारतले राम्रो सुरूवात गरिरहेको छ ।