मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भीमदत्त राजमार्गमा बस दुर्घटना, तीनको मृत्यु

भीमदत्त राजमार्गमा बस दुर्घटना, तीनको मृत्यु


बैतडी । बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेकोे यात्रुबस भीमदत्त राजमार्गमा आइतबार बिहान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा बैतडी, शिवनाथ गाउँपालिका– ६ की ६४ वर्षीया झुन्टीदेवी चन्द, पञ्चेश्वर गाउँपालिका– ४ की २४ वर्षीया कविता तिवारी र पाटनकी १९ वर्षीया रेवती भाट रहेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 
 
दुर्घटनामा परी अन्य आठ जना गम्भीर घाइते भएकामा छ जनाको कैलालीको पद्मा अस्पातालमा उपचार भइरहेको छ भने चिन्ताजनक अवस्थामा रहेका दुई जनालाई भारतको हल्दवानी पठाइएको छ । भारत पठाइएकामा कञ्चनपुर, भीमदत्तनगर गोवरैयाका ५० वर्षीय रामदास र १५ वर्षीय सन्तोष दास रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको परिचय खुल्न सकेको छैन ।  
 
शनिबार बैतडीको मेलौलीबाट भीमदत्तनगरका लागि छुटेको पवनदूत यातायातको ना ७ ख २७२३ नं को बस भीमदत्त राजमार्गको चुरे गाउँपालिका– ३ धपेनीमा आइतबार बिहान ५ बजे दुर्घटनामा भएको हो । 
 
बस चालक पनि गम्भीर घाइते भएकाले बस दुर्घटनाको कारण खुल्न नसकेको दुर्घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक दानबहादुर रोकायाले जानकारी दिए । उनले भने, “सडक छेउका पिल्लर तोडेर बस घुम्तीबाट १०० मिटर तल खसेको छ ।”  (रासस)