मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्व प्रसिध्द म्युजिक कम्पिटिसनमा नेपालीलाइ सफलता

विश्व प्रसिध्द म्युजिक कम्पिटिसनमा नेपालीलाइ सफलता


टोरन्टो (क्यानडा) – क्यानाडाको टोरन्टोमा साउन्ड सुप्रिमेसी इन्टरटेन्मेन्टको आयोजनामा भइरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा नेपालीमुलका एक युवाले सफलता प्राप्त गरेका छन् । 
 
अमेरिकाको नर्थ क्यारोलाइना  निबासी १७ बर्षीय किशोर अभि बस्ताकोटी (कुर्टिस वार्टस)लाई  एक पछि अर्को सफलता मिलेको हो । पहिलो चरणमा विश्वभरिका ६४ म्युजिक कम्पोजरसँगै  छनोटमा परेका अभिले नोभेम्बर १० मा  भएको प्रतिस्पर्धामा आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै उत्कृष्ठ ३२ मा पर्न सफल भएका छन् । 
प्रत्येक प्रतियोगीहरूले प्रतिस्पर्धामा आफ्ना तीन वटा सांगीतिक प्रस्तुति दिएका थिए । तिनै प्रस्तुतिका आधारमा संगीतका विश्व प्रसिध्द तीन जना विशेषज्ञको टोलीले ३२ जना प्रतिस्पर्धीहरूलाइ छनोट गरेका हुन् ।
 
बिगतमा यस प्रतियोगिताबाट छनोट भएका प्रतिभाहरुले बिश्वबिख्यात ग्राम्मी अवार्ड, बिलबोर्ड अवार्ड, एस्काप अवार्ड, जुनो अर्वाड, सोकान अवार्ड लगाएतका अवार्डहरु जितेको  इतिहास छ । यस बर्ष पनि संयुक्त राज्य अमेरिका, क्यानाडा, बेलायत, युरोप, एसिया, अष्ट्रेलिया, अफ्रिका लगायत बिश्वका बिभिन्न मुलुकका म्युजिक कम्पोजरहरु भिड्दै छन् । 
 
३२ जना भित्र छनौटमा परेपछि अभि बस्ताकोटीले विश्वभरका उत्कृष्ठ म्युजिक कम्पोजरहरूसँग प्रतिस्पर्धा गर्न पाउनु आफ्नो सौभाग्य भएको र बाँकी प्रतिस्पर्धामा पनि आफु मिहिनेतका साथ प्रस्तुत हुने बताएका छन् ।  
 
यो अवसर आफुलाई प्रतिभा देखाउने र  नेटवर्क बढाउने राम्रो अवसर भएको उनले जनाएका छन्।  उमेर नपुगेका कारण आफ्ना अभिभावकले वेभर फर्ममा स्वीकृति दिएर मात्र प्रतियोगितामा  सामेल भएका उनी सम्भवत सबभन्दा कम उमेरका र नेपाली मूलका पहिलो र एक मात्र प्रतिस्पर्धी हुन् । उपाधी जित्नका लागि उनी नोभेम्बर ११  बेलुका  टोरन्टोमा थप सांगीतिक प्रस्तुतिका साथ् भिड्दै छन् ।  
 
प्रतिस्पर्धामा सर्बोत्कृष्ट हुने म्युजिक कम्पोजरले पाँचहजार अमेरिकी डलरको नगद पुरस्कार, लस एन्जल्स स्थित  स्टुडियोमा मल्टी प्लटिनम  सेलिङ्ग प्रोड्युसर  वोंडागल (WondaGurl )  सँग काम गर्ने अवसर पाउनेछन्।