मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

आईसीसीका लागि अमेरिकाज क्षेत्रबाट ६ जनाको नाम सिफारिस

आईसीसीका लागि अमेरिकाज क्षेत्रबाट ६ जनाको नाम सिफारिस


हिमालयखवर संवाददाता
अमेरिका- अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक गौरी जोशीले आईसीसी सदस्यका लागि आफ्नो क्षेत्रबाट  राजन त्रिपाठी, पासागं लामा, डा लक्ष्मी पाठक सहित ६ जनाको नाम सिफारिस गरेका छन् । 
 
क्षेत्रीय सयाेंजकले आईसीसी सदस्यका लागि पठाएको सुचीमा एनआरएन अमेरिकाले सिफारिस गरेका ३ जना मध्ये एक जनाको नाम मात्र परेको छ । 
 
एनआरएन अमेरिकाको गत साताको कार्यसमितिले मतदान द्धारा शिवकुमार राई, डा संजिव सापकोटा र टिका चौधरीलाई आईसीसी सदस्यका लागि सिफारिस गरेको थियो । यसमा विवाद पनि आएको थियो । 
 
क्षेत्रीय संयोजक जोशीले एनआरएनएका महासचिव बद्री केसीलाई पठाएको सिफारिस पत्रमा क्यानडाका दुई जना र अमेरिकाका चार जना परेका छन् । यसमध्येबाट आईसीसीमा दुई जनासम्म सदस्य मनोनीत हुन सक्छन् । 
 
जोशीको सिफारिसमा परेका अन्यमा अभिमन्यु बस्नेत क्यानडा, टिका चौधरी र डा अजर्ना पाण्डे लामिछाने अमेरिका छन् । त्रिपाठी, लामा अमेरिकाका हुन भने पाठक क्यानडाका हुन् ।