मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

हण्डुरियनले पाएको टीपीएस निरन्तरता दिने नदिने विषयमा अमेरिकी प्रशासनमा विवाद

हण्डुरियनले पाएको टीपीएस निरन्तरता दिने नदिने विषयमा अमेरिकी प्रशासनमा विवाद


हिमालयखवर संवाददाता
अमरिका- हण्डुरसका आप्रावासीलाई दिइएको टेम्प्रोररी प्रोटेक्ट स्ट्याटस (टीपीस)लाई निरन्तरता दिने नदिने विषयमा अमेरिकी प्रशासनमा विवाद भएको छ । 
 
ह्वाइट हाउस टीपीएस सुविधा पाएर अमेरिका बस्दै आएका ८६ हजार हण्डुरियनको यो सुविधा रद्द गर्ने पक्षमा छ । तर, यस सम्बन्धी निर्णय गर्ने होमल्याण्ड सेक्यूरिटीले भने अहिलेसम्म कुनै निर्णय लिएको छैन । आउने सोमवार हण्डुरसले पाएको टीपीएस सुविधाको समय सकिन्छ । 
 
हन्डुरसको विषयले टीपीएस पाएर अमेरिका बस्ने नेपाली समेतलाई असर पार्ने छ ।   दुई वर्ष अघि गएको महाभुकम्पका कारण अमेरिकाले कागजात नहुने नेपालीलाई पनि टीपीएस सुविधा दिएको छ । यसबाट करिब २० हजार अमेरिका बस्ने नेपालीलाई सजिलो भएको छ । 
 
अमेरिकी सचार संस्था सीएनएनका अनुसार ह्वाइट हाउस चिफ अफ स्टाफ जोन केलीले कार्यवाहक होमल्याण्ड सेक्यूरिटी सचिव इलाइन डूयकलाई पटक पटक टेलिफोन गरेर हण्डुरसका नागरिकले पाएको टीपीएस समाप्त गर्न दबाब दिएका छन् । तर, डूयकले भने अहिलेसम्म कुनै निर्णय लिएकी छैनन् ।
 
यस्तो दबाबमा निर्णय लिनु पर्‍यो भने आफ्नो जिम्मेवारी छाड्ने अवस्थामा समेत पुगेको स्रोतलाई उद्धत गर्दै सीएनएनले समाचार दिएको छ । सोमवार अन्तिम दिनसम्म कुनै निर्णय आएन भने टीपीएसको अवधि स्वत ६ महिना थप हुन्छ । 
 
सन् १९९८ मा ठुलो आंधी आएका कारण सन् १९९९ मा मध्ये अमेरिकी देश हण्डुरस र निकारागुवाका अमेरिका वस्नेलाई टीपीएस सुविधा दिइएको थियो । दैविक विपत्ति आएका देशलाई अमेरिकाले यस्तो सुविधा दिन्छ । 
 
 यदि सोमवार भित्र कुनै निर्णय आई अमेरिका बस्ने हण्डुरियनले टीपीएस पाएनन भने आउने २ महिना भित्र अमेरिका छाड्नु पर्ने हुन्छ । ट्रम्प प्रशासनले निकारागुवाका टीपीएस पाउनेलाई भने एक वर्ष भित्र अमेरिका छाड्न वा कुनै अर्को व्यवस्था गर्न भनिसकेको छ ।