मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ह्युस्टनमा बन्ने नै भयो नेपाली सामुदायिक केन्द्र

ह्युस्टनमा बन्ने नै भयो नेपाली सामुदायिक केन्द्र


हिमालयखवर संवाददाता
ह्युस्टन (अमेरिका) – गत साताको बिहिबारको दिन अर्थात २६ अक्टोबर । नेपाली समुदायको लागि खुशी र गौरब दुबै बनेर आयो । 
 
विगत तीन वर्षदेखि नेपालीहरुको आफ्नै सामुदायिक केन्द्र र मन्दिर बनाउने संकल्पले मूर्तरुप पाएको त्यो दिन । ८.२ एकर जग्गा र त्यसमा भएको प्यागोडा शैलीको स्यानो पशुपति मन्दिर र अर्को एउटा भवन नेपाली समुदायको लागि अधिग्रहण गर्ने कार्य सम्पन्न भयो । 
 
ह्युस्टनको कॢष्ण प्रणामी फाउण्डेसनसँग ३ लाख ५० हजार डलरमा खरिद गरिएको उक्त भौतिक सम्पत्तिमा अब ग्रेटर ह्युस्टनका नेपालीहरुको अपनत्व स्थापित भएको छ ।
 
नेप्लिज एशोसिएसन अफ ह्युस्टनको सक्रियतामा यहाँको नेपाली समुदायले प्राप्त गरेको यो उपलब्धी जति उत्साहप्रद छ, सामुदायिक केन्द्र र पशुपतिनाथ मन्दिरको निर्माण सम्पन्न गर्ने काम त्योभन्दा चुनौतिपुर्ण मानिएको छ ।
तर जग्गा र त्यहाँको भौतिक संरचना खरीद गर्दा जुन अग्रसरता नेप्लिज एशोसिएसन र यहाँको नेपाली समुदायले प्रदर्शन गर्यो त्यसले दोश्रो चरणको कार्ययोजना पनि आशातितरुपमा सफल हुन्छ भन्ने विश्वास गरिएको छ । 
 
उक्त जग्गा खरीदकालागि नेप्लिज एशोसिएसन अफ ह्युस्टनले दिनकर अमात्यको संयोजकत्वमा विष्णु नेपाल, चन्द्रकान्त शर्मा, ज्ञानेश्वर श्रेष्ठ र रविन श्रेष्ठ रहेको जग्गा अधिग्रहण समिति नै बनाएको थियो । 
 
उक्त समितिलाई मधुकर अमात्य, ज्योति घिमिरे लगायत एशोसिएसनका अन्य पदाधिकारीहरुको उल्लेख्य सहयोग रहेको थियो । ग्रेटर ह्युस्टनका आम नेपालीको अपनत्व हुने पशुपति मन्दिर र सामुदायिक केन्द्रमा सभागृह, पुस्तकालय, भोजनालय र धार्मिक एवम् सांस्कॢतिक पर्वहरु आयोजना गर्नसकिने संरचना निर्माण हुनेछ । 
यहीं जन्मिएका नेपालीहरुलाई यसले नेपाली भाषा , संस्कॢति र आफ्नो परम्परा बुझ्न ठूलो सहयोग पुग्ने विश्वास गर्छन् एशोसिएसनका अध्यक्ष ज्योति घिमिरे ।
 
बॢहत भेलाको आयोजना 
नेप्लिज एशोसिएसनको अग्रसरतामा सामुहिक प्रयासपछि प्राप्त भएको उपलब्धीको अवसरमा एशोसिएसनले आगामि नोभेम्बर १२ तारिख आइतबार पशुपति मन्दिर परिशरमा बृहद भेलाको आयोजना गर्दैछ । 
 
त्यहाँ अहिलेसम्मको प्रयास, उपलब्धी र आगामी कार्ययोजना बारे समुदायसँग छलफल हुने बताइएको छ । यसै सम्बन्धमा एनएएचका महासचिव विष्णु नेपालले नोभेम्बर १२ मा कार्यक्रमस्थलमा उपस्थित भएर खुशी बाढ्न र भावी कार्यदिशा तयार पार्ने कार्यमा सहयोग पुर्याउन ग्रेटर ह्युस्टनका सबै नेपालीहरुलाई आह्वान गरेका छन् । 
 
पशुपति मन्दिर र नेपाली सामुदायिक केन्द्रको निर्माण सम्पन्न गर्न ठूलै खर्च लाग्ने र त्यसमा खटिनेहरुले आफ्नो समय र लगनशीलता उत्तिकै दिनुपर्ने हुन्छ । समुदायकालागि गरिने यस्तो कार्य स्वंयमसेवी हुन्छ । ह्युस्टनका नेपालीहरुमा त्यो सामाजिक भाव र सक्रियता पक्कै बलियो छ । समयमै सम्पन्न भएको जग्गा अधिग्रहणले यो प्रमाणित गरिसकेको छ ।