मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

‘मानवता बिहिन मान्छे’

‘मानवता बिहिन मान्छे’


निर्दोष शिशु बयस्क बन्दै जाँदा 
छालाभित्र छोपिदै जान्छन् 
रातो, सेतो, कालो, पहेंलो, निलो
त्यहि रंग बन्छ उस्को पहिचान ।
सुकिलो देखिने आफुलाई 
घोषित गर्छन् भगवान 
मैला धैला देखिने जति 
पछारिन्छन्, लछारिन्छन्
आकृती भित्र लुकेको मानवता
आँफै बाट तिरष्कृत हुन्छन्
 आस्थाका लागि निच बन्छन् मान्छे 
नदेखिएको भगवान खुसी पार्न
मानवताको नै हत्या गर्छ
भगवान त भगवान नै हुन्
मान्छे आफ्नो प्रतिशोध लिन 
भगवानलाई नै बदनाम गर्छ
खै कसरि निर्दोष शिशु 
मान्छे बनेपछि
मन, आत्मा र संबेदना बोकेर 
रंग  र आस्था नमिलेपछी 
हिंस्रक जनावर जस्तै बन्छ मान्छे  
अनि अन्तर मनमा बसेको 
भगवानको पनि बली दिन्छ।
 
(गोरखा, हाल प्लानो टेक्सस)