मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

न्युयोर्कको म्यानहटनमा आतंककारी हमला, आठको मृत्यु, दर्जनौं घाइते (फोटो फिचर सहित)

न्युयोर्कको म्यानहटनमा आतंककारी हमला, आठको मृत्यु, दर्जनौं घाइते (फोटो फिचर सहित)


हिमालयखवर संवाददाता
न्युयोर्क(अमेरिका)- अमेरिकाको न्युयोर्कस्थित म्यानह्याटनमा भएको एक आतंककारी हमलामा आठ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । 
 
हमलाकारीले साइकल लेन र पैदल यात्रुको बाटोमा  साइकल यात्री र पैदल यात्रुहरुमाथी जथाभावी पिक अप ट्रक कुदाएको न्युयोर्क प्रहरीले जनाएको छ ।
 
प्रत्यक्षदर्शिहरुलाइ उधृत गर्दै संचारमाध्यमहरुले  हमलाकारीले अरेबीक भाषामा धार्मिक नारा लगाएको उल्लेख गरेका छन् ।  आक्रमणकारीले नक्कली बन्दुक देखाउदै भ्यानबाट भाग्न खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लिएका छन्  र हमलाकारीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 
उक्त घटनामा सेफ्लो हिविवुलेविकको संलग्नता रहेको आशंका गरिएको छ । २९ बर्षिय ति आरोपित फ्लोरिडाको टेक्पाका रहेको संचारमाध्यमले प्रहरी स्रोतलाई उदृत गर्दै उल्लेख गरेका छन् । ति सन् २०१० मा उज्वेकिस्तानबाट अमेरिका आएका थिए । घटना गराउन रेन्टल ट्रक लिएका उनी पक्राउ परेका छन् ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि घटनाबारे जानकारी दिइएको छ । न्युयोर्कका मेयर बिल डे ब्लासियोले  यो घटनालाई  ‘एक्टिभ टेरेर’ भनेका छन् ।  अमेरिकी समय अनुसार , मङ्गलवार  अपरान्ह तीन  बजेर पाँच मिनेटमा यो  घटना भएको हो । फोटो : सामाजिक संजाल