मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

केही दिन यता चर्चामा रहेका दुई व्यवसायी, भवन भट्ट र विनोद चौधरी

केही दिन यता चर्चामा रहेका दुई व्यवसायी, भवन भट्ट र विनोद चौधरी


हिमालयखवर संवाददाता

काठमाडौँ – एक साता यता काठमाडौमा दुई जना व्यवसायी सर्वाधिक चर्चामा छन् । पहिलो हुन गैर आवासीय नेपाली संघका नवनिर्वाचित अध्यक्ष भवन भट्ट दोस्रो नेपाली काँग्रेसको समानुपातिक सुचीमा परेका एमाले सांसद तथा नेपालबाट उदाएका बहुराष्ट्रिय उद्यमी विनोद चौधरी । 

 
एनआरएनए अध्यक्षमा अत्याधिक मत ल्याएर विजयउत्सव मनाउंदै गर्दा भवनको नेतृत्व रहेको टीवीआई होल्डिगंले तामाकोशी तेस्रो जलविद्यूत योजना बनाउने लाइसेन्स पाएको खबर सार्वजनिक भयो । 
 
नेपालका संचारमाध्यमले यसलाई विवादको विषय पनि बनाए । लगानी बोर्ड मार्फत यो परियोजना अगाडी बढ्नु पर्नेमा किन ऊर्जा मन्त्रालयले हस्तक्षेप गर्‍यो ? अधिल्लो दिन निवेदन  दिएर भोलिपल्ट कसरी टीवीआईलाई यो परियोजनाको जिम्मेवारी दिईयो यस्ता प्रश्न उठेका छन् । 
 
तामाकोशी तेस्रो बनाउन १ अर्ब ५० करोड अमेरिकी डलर (करिब १६० अर्ब नेपाली रुपैंया) लाग्ने प्रारम्भिक अनुमान छ । यो परियोजनामा धेरैका आँखा परेको थियो । जापानको ठुलो ऊर्जा उत्पादक क्यून्सी कम्पनी देखि चिलिमे बनाउने समूहको समेत यो परियोजना ताकेका थिए । त्यसैले पनि विवादहरु आएका हुन् । यदि टीवीआईले यो परियोजना बनायो भने नेपालमा भवन भट्ट सबैभन्दा बढी लगानी गर्ने गैर आवासीय नेपाली हुने छन् । 
 
एनआरएनएको निर्वाचन हुनु भन्दा केही दिन अघि पनि नेपाल एयरलाइन्स कर्पोरेशनको पुरानो जहाज किनेर टीवीआई चर्चामा आएको थियो । टीवीआईले यस अघि धुलिखेल माउण्टेन रिर्सोट, ब्रअुरी, तयारी पोशाक, संचार लगायतका क्षेत्रमा लगानी गरेको थियो । यो समूहका अधिकांश लगानी नोक्सानमा छन् । अन्य कम्पनी नोक्सानमा हुदां हुदै टीवीआईले किन जहाज र जलस्रोतमा हात हाल्यो भन्ने प्रश्न पनि उठेको छ । 
 
भवनको नेतृत्वमा रहेको टीवीआई जापानमा रेष्टुरेण्ट व्यवसायमा सफल छ । त्यहाँ होटेल र करिब २ सय रेष्टुरेण्ट टीवीआईले सञ्चालन गर्दै आएको बताइएको छ । भवनले यस अघि टीबीआई नेपालकै सबैभन्दा बढी रकमको कारोबार गर्ने कम्पनी भएको दाबी गरेका थिए । 
 
अर्को चर्चामा रहेका व्यवसायी नेपालबाट उदाएका बहुराष्ट्रिय उद्यमी विनोद चौधरी हुन् । काँग्रेसको सामानुपातिक सूचीमा परेपछि विनोद चर्चामा आएका हुन् । एमाले सासद भईसकेका चौधरी किन काँग्रेसमा आए ? यो प्रश्न चर्चामा छ । चौधरीले भने काग्रेसले आफूलाई समानुपातिकमा राखेकोमा कृतज्ञता व्यक्त गरेका छन् ।
 
पहिला एमालेबाट सांसद वन्दा पनि विनोदले धेरैजनासग परामर्श लिएका थिए । एमालेमा जाँदा उपयुक्त हुने सल्लाह मानेर त्यहाँ गए । एमाले सरकारमा आएका वेला उनी अर्थमन्त्री बन्न चाहान्थें । तर, उनको यो चाहनालाई पार्टीले वास्तै गरेन ।
 
एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुदां नै विनोदको उनी र एमाले प्रति भ्रम टुटेको थियो । चौधरीले ओली प्रधानमन्त्री भएका वेला नयाँ क्षेत्रमा लगानी गर्न चाहान्थे । व्यक्तिगत रूपमा ओलीलाई लगाएको गुणले लाइसेन्स लिन सकिन्छ भन्ने सोचमा विनोद थिए । तर, ओलीले विनोदले चाहे अनुसार लाइसेन्स उपलब्ध गराउन पहल गरेनन् । यहीबाट विनोद एमालेबाट टाढिंदै गएका थिए । 
 
काँग्रेस सभापति शेरबहादुर देउवाले आर्थिक क्षेत्रको नेतृत्व लिन आग्रह गर्दै पठाएको पत्र र विनोदको कृतज्ञता ज्ञापन अहिले चर्चाको विषय हो । तर, पैसा आर्जनमा मात्र होइन राजनीतिमा समेत अति महात्वकाक्षी ६२ वर्षका विनोद काँग्रेसमा कति सफल हुन्छन् यसका लागि भने समय पर्खनै पर्छ ।