मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

यी हुन् अमेरिकामा बसोबासका निम्ति उत्कृष्ठ सिटीहरू

यी हुन् अमेरिकामा बसोबासका निम्ति उत्कृष्ठ सिटीहरू


हिमालयखवर संवाददाता
ड्यालस (अमेरिका) – अमेरिकामा बसोबासका लागि सबैभन्दा उपयुक्त ठाउँ कहाँ होला ? 
 
विशेषगरि अवअागन्तुक धेरै नेपालीहरूले राख्ने जिज्ञासा हो यो । रोजगारीको अवसर, स्वास्थ, शिक्षा, यातायात, पुर्वाधारका हिसाबले सुबिधा सम्पन्न स्थानहरू नेपाली र अधिकांश अाप्रवासीले हेर्ने तथ्यहरू हुन् ।
 
हुनतः अमेरिकाका सबै ठाउँमा पूर्वाधारहरू पुगेका हुन्छन् । कुनै पनि ठाउँ पूर्वाधारका हिसाबले बिकट लाग्दैनन् । तरपनि अमेरिकामा बसोबासका लागि सबैभन्दा उपयुक्त स्थानहरूको सूचि हरेक वर्ष सार्वजनिक हुन्छ ।
 
यस वर्ष 'मनी म्यागेजिन' ले अमेरिकामा बसोबासका लागि सबैभन्दा उत्कृष्ठ ५० स्थानको सूचि सार्वजनिक गरेको छ । 
 
स्थानीय कर, घरको मूल्य, स्कूलको स्तरलाइ पनि मापदण्ड बनाइएको छ । त्यस्तै अागामी १० वर्षसम्मको रोजगारीको वृध्दिदरलाइ पनि अाधार मानिएको छ ।
 
मनी म्यागेजिनले सार्वजनिक गरेको अमेरिकाका उत्कृष्ठ स्थानमा ५० वटै राज्यका अरू स्थानलाइ पछि पार्दै इण्डियानाको फिसर सिटी पहिलो भएको छ । ८६ हजार जनसंख्या रहेको फिसर सिटीमा मध्यमस्तरको घरको मूल्य अाैसत दुइलाख ३६ हजार डलर पर्छ । त्यस्तै मध्यमस्तरको परिवारको अाम्दानी बार्षिक ८७ हजार डलर छ । 
 
बसोबासको लागि दोस्रो उत्कृष्ठमा टेक्ससको एलन सिटी परेको छ । ड्यालस नजिकै रहेको एलन सिटी रोजगारीको हिसाबले सबैभन्दा उपयुक्त रहेको म्यागेजिनले जनाएको छ । अाउँदो १० वर्षमा एलनको रोजगारी वृध्दिदर १७ प्रतिशत रहने अनुमान छ ।
 
एलनको जनसंख्या ९६ हजारमात्र रहेको छ। घरको मूल्य अैासत ३ लाख २३ हजार डलर पर्छ । एलनमा मध्यम स्तरको परिवारको अाम्दानी १लाख ४ हजार डलर छ । 
 
तेस्रो नम्बरमा क्यालिफोर्नियाको मोन्ट्रे पार्क सिटी परेको छ । ६२ हजार जनसंख्या, मध्यमस्तरको घरको मूल्य ५ लाख ३३ हजार, अाम्दानी बार्षिक ५७ हजार डलर रहेको मोन्ट्रे सिटीको अागामी १० वर्षको रोजगारी वृध्दिदर ४ दशमलव ७ प्रतिशतमात्र छ ।
 
चाैथो नम्बरमा टेनिसीको फ्रेंकलिन सिटी परेको छ भने पाँचाै नम्बरमा मिसिसिपीको अोलिभ ब्रान्च छ । छैठाै नम्बरमा नर्थ डकोटाको डिकिन्सन, साताै नम्बरमा कोलोराडोको लनट्री, अाठाै नम्बरमा न्यूजर्सीको न्यू अार्लिंगटन, नवाै नम्बरमा इलिनोइजको सेनवर्ग  १० नम्बरमा मोनाटाको बोजेमन सिटी परेका छन् ।
 
बसोबासका लागि उत्कृष्ठ ५० सिटीहरूमा टेक्ससका चार सिटी परेका छन् । दोस्रो नम्बरमा एलन, १९ नम्बरमा ग्रेपभाइन, २० नम्बरमा वाइली र २३ नम्बरमा बेडफोर्ड परेका छन् ।
 
टेक्ससका सिटीहरूमा अन्य राज्यहरूको तुलनामा रोजगारीको वृध्दिदर उच्च रहेको छ ।