मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

क्यालिफोर्निया लसएन्जल्समा हेल्प डेस्कको गठन हुदै

क्यालिफोर्निया लसएन्जल्समा हेल्प डेस्कको गठन हुदै


क्यालिफोर्निया लसएन्जल्समा-
एनआरएन अमेरिकाकी उपसभापति उमा कार्की थापाको संयोजकत्वमा एनआरएन अमेरिको एक महत्त्वपूर्ण निकाय, एनआरएन हेल्प डेस्कको औपचारिक घोषणा गरिसकेको छ ।
एनआरएनए अमेरिकाले पश्चिम क्षेत्रीय उपाध्यक्ष उमा कार्की थापाको संयोजकत्वमा एनआरएन हेप्प डेस्क स्थापना गर्नै निर्णय गरेको थियो । 
 
सोही बमोजिम संयोजक थापाद्धारा प्रस्तुत अवधारणापत्रलाइ एनआरएनए अमेरिकाको सेप्टेम्बर १ मा बसेको बैठकले सर्वसम्मतले पारित गरेको थियो अमेरिकाको विभिन्न भागलाई प्रतिनिधित्व गर्ने गरी सात सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।
 
मानोनित सदस्यहरूमा थलराज पन्त टेक्सस, सुमन बस्ती इलिनोइ, वासुदेव खनाल कोलोराडो, सञ्जय थापा न्यु योर्क, विश्वमान आङ्दम्वे जर्जिया र सदस्य सचिवमा मणिनेपाली पनेरु क्यालिफोर्निया रहनु भएको छ ।
 
त्यसै गरी सो अवधारणापत्र अनुसार राज्य तहमा जनघनत्व र आवश्यकताका अधारमा १ राज्य संयोजक र १ राज्य सचिव सहित अधिकतम २१ सदस्य राज्य समिति गठन गर्न सकिने प्रावधान  राखिएको छ । उपाध्यक्ष थापाले केन्द्रीय संयोजन समितिको गठन च्याप्टर लगायत अन्य ठाउहरुमा पनि हेल्प डेस्क स्थापना गर्ने सन्दर्भमा यो पहिलो र महत्त्वपूर्ण कदम भएको बताउँनु भयो । 
 
अब अमेरिकाभर एनआरएन च्याप्टर र स्थानीय सङ्घ संस्थाहरूको सहभागितामा हेल्प डेस्कहरु गठन गरिने र विभिन्न समस्यामा परेका नेपालीको समस्या समाधानको लागी पहल गर्ने उध्येश्यले एनआरएन हेल्प डेस्को स्थापना भएको हो I
 
यसै सन्दर्भमा क्यालिफोर्निया लसएन्जल्समा यही अक्टोबर २९ तारिख आइतबारको दिन बेलुकी ७:३० बजे नेपाल अमेरिका एकता समाजको कार्यलयमा हेल्प डेस्क गठन गर्ने कार्यक्रमको आयोजना गरिएको छ साथै कार्यक्रममा यसै सूचना मार्फत लसएन्जल्समा स्थित सङ्घ संस्था, पत्रकार र सामुदायिक सदस्य हरुलाई हेल्प डेस्कका संयोजक थापाले हार्दिक आमन्त्रण समेत गरिएको छ ।