मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

पर्यटनको सम्भाव्यता अध्ययन गर्न विदेशी टोलीको भ्रमण

पर्यटनको सम्भाव्यता अध्ययन गर्न विदेशी टोलीको भ्रमण


चितवन– पर्यटनको सम्भाव्यता अध्ययनको लागि ६ देशको भ्रमणमा निस्किएका विदेशी पर्यटन व्यवसायीको टोली चितवन आएको छ ।
 
भारतबाट भ्रमण सुरू गरेको सो टोली नेपालको ग्रामीण क्षेत्रमा पर्यटनको सम्भावनाका बारेमा बुझ्न चितवन आएको हो । टोलीले चितवनको पर्यटन व्यवसाय र नेपालको रारा, मुक्तिनाथ र मनाङमा पर्यटनको सम्भावनाका बारेमा चासो दिएको सो टोलीका नेतृत्वकर्ता पुराना पर्यटन व्यवसायी नरेन्द्र गुरूङले जानकारी दिए ।
 
६ देशमा पर्यटकीय सम्भावनाको अध्ययन गरेर अर्को वर्षदेखि पर्यटक पठाउन योजना रहेको उनले बताए । विदेशी व्यवसायीहरुको सो टोलीले सबैभन्दा बढी ग्रामीण क्षेत्रमा पर्यटन विकासलाई जोड दिएको उनले बताए । 
 
पर्यटन प्रवर्धननको लागि टोलीले ६ वटा देशलाई नेटवर्क बनाएर पर्यटन पठाउने छ । त्यसका लागि टोलीले हवाइ र पदमार्गको समेत अध्ययन गरिरहेको छ । २८ जिपमा ५४ जना विदेशी व्यवसायीहरुको टोली भ्रमणमा निस्किएको हो ।
 
टोली नेपालसहित फ्रान्स, बेल्जियम, पोर्चुगल, बेलायत, स्पेनको भ्रमण गर्ने बताइएको छ । सौराहास्थित सेन्टर पार्क रिसोर्टमा बास बसेको टोली काठमाडौंतर्फ लागेको छ । भारतको मुम्बईबाट सुरू भएको सो भ्रमण बैंककमा पुगेर समापन हुने टोलीका एक सदस्य भारतीय नागरिक क्याप्टेन राजकुमारले जानकारी दिएका छन् ।