मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यानडामा अनमोलमणिको ‘१९ नम्बर’

क्यानडामा अनमोलमणिको ‘१९ नम्बर’


 
एडमन्टन, (क्यानडा) – १०९औँ लक्ष्मी जयन्तिका अवसरमा क्यानडाको अल्बर्टास्थित एडमन्टनमा पुस्तक विमोचन तथा सिर्जना वाचन कार्यक्रम आयोजना गरिएको छ ।
 
नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टन (नेकासे) र लिटरेरी क्लब अफ अल्बर्टाले गरेको कार्यक्रममा अनमोलमणिको दोस्रो कथा संग्रह ‘१९ नम्बर’ विमोचन गरिएको थियो । त्यस अवसरमा एक दर्जनभन्दा बढी स्रष्टाले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्झनामा सिर्जना वाचन गरेका थिए । 
 
सामाजिक अगुवा तथा कथाकार गुरुप्रसाद मैनालीका नाति डा. अरविन्द मैनाली र लेखक यम घिमिरेले १९ नम्बर सार्वजनिक गरेका हुन् । सांग्रीला बुक्सले छापेको संग्रहमा ९ वटा कथा छन् ।
 
पुस्तकबारे बोल्दै लेखक तथा समीक्षक घिमिरेले कथाले मान्छेका फरक परिवेश र अवस्थाको समवेदना समेटेको बताए । मध्यम वर्ग र उनीहरुका असिमित आकांक्षा, मध्यम वर्गमा फेरिएको सौन्दर्य चेत, नारीमाथि हुने ज्यादती, नपालको शिक्षा शैली र त्यसले सिर्जेको मनोदशा, माओवादी द्वन्द्व र त्यसले अपेक्षाहरुमा गरेको प्रहार, व्यक्तिको आप्रबासी बन्ने हुटहुटी र त्यसपछि जन्मथलोको कल्पनाले सिर्जना गर्ने समवेदना कथामा जिवन्त भएर आएको पनि घिमिरेले बताए । 
 
‘कथामा हामी बाँचेको सामाजिक विसंगति र त्यसबाट सिर्जना भएका विभिन्न द्वन्द्व कलात्मक शैलीमा प्रस्तुत भएका छन्,’ उनले भने, ‘परिवारले छोराछोरीको चाहना विपरित गए निम्तिने समस्या संग्हको म”ल कथाले व्यक्त गरेको छ ।’ 
उनले केही विषयवस्तु र भाषा शैलीमा परिमार्जन जरुरी रहेको, कति ठाउँमा कथाहरु विवरणात्मक भएको टिप्पणी गरे । 
कार्यक्रममा डा. मैनालीले विदेशमा नेपाली भाषाको पुस्तक सार्वजानिक हुनु खुसीको कुरा भएको बताए । ‘क्यानडा आएको बीसौँ वर्षपछि किताब विमोचन गर्ने अवसर पाइएला भनेर मैले सोचेको थिइनँ’, उनले भने, ‘यसले हाम्रो भोलिको पुस्तालाई आफ्नो भाषा, साहित्य र संस्कृतिप्रतिको लगाव बढाउन सहयोग गर्ने छ भन्ने मलाई विश्वास छ ।’
 
लेखक अनमोलमणिले पछिल्लो ७ वर्षमा लेखिएका कथाहरुको संग्रह भएकाले फरक फरक विषय समेटिएको जानकारी दिए । ‘अब संग्रह पाठकको हो, प्रतिक्रिया र टिप्पणीले मलाई लेख्न थप उत्साही बनाउने छ’ , उनले भने, ‘प्रवासीवीच पुस्तकको चासोले म खसी भएको छ’ । पाठकका हरेक टिप्पणीप्रति सजग हुदै सिर्जनामा लाग्ने छ’ ।’ 
 
नेप्लिज क्यानेडियन सोसाइटी अफ एडमन्टनका अध्यक्ष रामकृष्ण शर्माले समुदायलाई भाषा, साहित्य तथा संस्कृतिसित नजिक बनाउन नेपाली पुस्तकालय स्थापनाको तयारी थालेको जानकारी दिए । ‘नेकासेले गरेको पुस्तक विमोचन त्यसकै सुरुवात हो । यहाँका स्रस्टा र पाठक दुवैको नेपाली साहित्य संस्कृतिप्रतिको लगावलाई निरन्तरता दिन हामी छिट्टै पुस्तकालय स्थापना गदैृछौं । डिसेम्बर अन्त सम्ममा त्यसले मुर्त रुप लिने छ,’ उनले भने, ‘साहित्य र संस्कृति हाम्रो सम्पदा हो यसलाई जोगाउन हामी आफै अग्रहसर हुनु जरुरी छ ।’
 
कार्यक्रममा गायक तथा संगीतकार इश्वर खत्रीले महाकवि लक्ष्मीप्रसाद देवकोटाका गीत गाएका थिए ।