मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अध्यक्षमा संस्थापक अध्यक्षको सहमति प्रयास सफल भएन

एनआरएनए अध्यक्षमा संस्थापक अध्यक्षको सहमति प्रयास सफल भएन


हिमालयखबर संवाददाता-
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वका लागि सोमबार हुने निर्वाचनका लागि यतिबेला धमाधम उम्मेदवारी दर्ता गर्ने कार्य भइरहेको छ ।
 
सोमबार बिहान जमुना घलेले आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । घलेले आइतबार राति अध्यक्षमा भवन भट्टले उम्मेदवारी दर्ता गराएका थिए । उनको उम्मेदवारी दर्ता गराउँदा एनआरएन अध्यक्ष शेष घलेको सहभागिता रहेको थियो ।   
 
यसैबीच, एनआरएनएमा चुनावी सरगर्मी बढिरहँदा अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न सहमतिको प्रयास भए पनि बाकी पदमा सहमति हुन नसकेपछि सहमति प्रयास  असफल भएकोहो  । अध्यक्षमा भट्ट कि घले भन्ने विवाद हटाउन र सकभर सहमति गरेरै अघि बढाउन संस्थापक अध्यक्षहरु  आफैँ खटिएका थिए  । 
 
शनिबारदेखि सुरु भएको एनआरएनएको आठौँ विश्व सम्मेलनको आगामी कार्यकालका लागि आइतबार साँझदेखि सोमबार बिहान ११ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । उम्मेदवारी दर्ताका सोमबार ९ बजेसम्मको समय तोकिए पनि अपुग भएपछि दुईघन्टा थप  गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 
 
कार्यक्रममा करिब ७० देशका गैरआवासीय नेपालीको सहभागिता रहेको विश्व सम्मेलनमा करिब १८ सय प्रतिनिधि चयन भएर आएका छन् । उनीहरुले मतदानद्धारा सोमवार नयाँ नेतृत्व चयन गर्ने छन् ।
 
एनआरएनएको सन् २०१७-१९ का लागि अध्यक्ष, दुई उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष र सदस्यहरु रहने छन् । यस्तै अमेरिका, युरोप, अफ्रिका, एशिया, ओसियाना र मध्यपूर्वका एक-एक जना गरी छ क्षेत्रीय संयोजक र ६ उपसंयोजक तथा महिला संयोजक र उपसंयोजक एक-एक जना तथा युवा संयोजक र उपसंयोजक एक(एक जना निर्वाचित हुनेछन् । 
 
सोमबार दिउँसो ३ बजेदेखि ८ बजेसम्म मतदान हुने निर्वाचन आयुक्त शिव रिजालले हिमालय खबरलाई जानकारी दिए । मतदान गर्नका लागि भिसा भएको पासपोर्ट वा ग्रिनकार्ड र आइडी कार्ड अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको निर्वाचन आयुक्त रिजालले बताए । 
 
यसपटक विद्युतीय मतदानको व्यवस्था गरिएका कारण सोमबार साँझ नै मत परिणाम सार्वजनिक हने आयोजकले जनाएको छ