मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

क्यानडामा बराल सम्मानित

क्यानडामा बराल सम्मानित


टोरोन्टो, (क्यानडा) – हिमालयखबरका सल्लाहकार  सम्पादक तथा साहित्यकार तारा बराललाई नेपाली साहित्य समाज क्यानडाले सम्मान गरेको छ ।
 
क्यानडा भ्रमणमा टोरोन्टो पुगेका बराललाई गत अक्शटोबर १४ शनिवार महाकवि लक्ष्मी प्रसाद देबकोटाको जन्म जयन्तीको अवसरमा आयोजित साहित्यिक कार्यक्रममा सम्मान गरिएको हो । 
 
त्यस अवसरमा नेपाली साहित्य समाज,  क्यानडाको अध्यक्ष डा. गोविन्दसिंह रावत, कार्यक्रम संयोजक तथा सल्लाहकार डा. तुलसी धरेलले बराललाई सम्मान पत्र प्रदान गरेका थिए ।
 
उक्त सम्मान पत्रमा पत्रकार बरालले मातृभूमी बाहिर रहेर पनि नेपाली पत्रकारिता तथा साहित्यको क्षेत्रमा निरन्तरता दिँदै नेपाल अमेरिका पत्रकार संघको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेको र हिमालयखबर डटकमको सल्लाहकार सम्पादक भएर आफ्नो लेखनलाई  निरन्तरता दिंदै समाजको वास्तविकतालाई जागरूक बनाउन उल्लेख्य भूमिका खेलेको उल्लेख गर्दै सम्मान गरिएको जनाइएको छ । 
 
महाकवि लक्ष्मीप्रसाद देबकोटाको जन्मजयन्तीको अवसरमा आयोजित सो कार्यक्रममा क्यानडावासी नेपाली कविहरु सुरेश ओली, राधिका अर्याल, डा श्याम खनाल, सावित्रा थापा, अनुप न्यौपाने, रविन थापलियाले रोचक कविता वाचन गरेका थिए । डा. राजिव खनालले स्वर्गीय हरिभक्त कटुवालको मुक्तक सुनाएका थिए भने लिला पाण्डेले गीत सुनाएका थिए ।
 
हिमालयखबर डटकमकी सम्पादन सहयोगी बिटु केसीले मुक्तक र कविता वाचन गर्नुका साथै आफ्नो लेखन अनुभव बताएकी थिइन् । 
 
समाजका अध्यक्ष डा. गोविन्दसिंह रावतले महाकविको व्यक्तित्व बारे प्रकाश पार्दै एनआरएन सम्बन्धी व्यङ्ग कविता सुनाएका थिए । कार्यक्रम संचालन समाजका महासचिव रविन थपलियाले गरेका थिए ।
 
त्यस अवसरमा वरिष्ठ पत्रकार तारा बरालले पत्रकारिता र साहित्यको अन्तरगङ्ग  सम्बन्धमा आफ्नो विचार राखेका थिए ।