मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

अमेरिकाबाटै किन उपाध्यक्षमा तीन उम्मेदवार ?

अमेरिकाबाटै किन उपाध्यक्षमा तीन उम्मेदवार ?


एनअारएनकाे अाठाैं विश्व सम्मेलनले काठमाडाैंमा सरगर्मी चढेको छ  । हरेक दुर्इ वर्षमा दशैं तिहारकाे छेकाे पारेर मातृभूमिमा अायाेजना गरिने एनअारएन विश्व सम्मेलन नेपाली डायस्पाेराका लागि अाफैंमा एक  उत्सव हाे । याे उत्सवलार्इ महाेत्सवमा अनुवाद गर्नु हरेक सम्मेलनमा सहभागी हरेक एनअारएन प्रतिनिधिकाे दायित्व एवं कर्तव्य हाे ।

हामी परदेशमा रहेका सबै नेपाली एनअारएन विश्व सम्मेलनमा सहभागी हुन सक्दैनाैँ । एनअारएनकाे विधानअनुसार हामी हाम्रा प्रतिनिधिमार्फत् त्यहाँ सहभागी हुनुपर्ने हुन्छ। त्यसैले हामी काठमाडाै पुगेर सम्मेलनमा सहभागी हुन नसकेकाहरू पनि अाफ्ना प्रतिनिधिमार्फत् सम्मेलनमा सहभागी भैरहेका छाैं ।

म अमेरिकाकाे नेपाली डायस्पाेरामा छु । अमेरिका एनअारएनकाे सबैभन्दा ठूलाे राष्ट्रिय सञ्जाल हाे । यहाँबाट १८१ प्रतिनिधि सम्मेलनमा सहभागी छन् । म पनि तिनै १८१ प्रतिनिधिकाे हिस्सा हुँ र उहाँहरूले नै मेराे पनि प्रतिनिधित्व गर्नुहुन्छ। मलार्इ विश्वास छ, उहाँहरूले सही प्रतिनिधित्व गरेर हाम्राे सहभागितालार्इ अर्थपूर्ण बनाउनु हुनेछ।

अमेरिका अरू कुरामा अमेरिका रहे पनि एनअारएनकाे विश्व अभियानमा संस्थागत रूपमा भने अलि पछि मात्र जाेडियाे। यसले गर्दा अझै पनि अमेरिकाले एनअारएनकाे पृष्ठभूमि, अावश्यकता र अाैचित्यका बारेमा गम्भीरतापूर्वक बुझेकाे छैन कि जस्ताे लाग्छ। खासगरी एनअारएन अमेरिका संस्थाभन्दा पनि पदकाे लागि पदमात्रै हाे कि जस्ताे देखिएकाे छ। अमेरिका भित्र त याे चुनावी अंकगणितका कारण छताछुल्ल भएकै हाे, यसपालिदेखि त विश्व सम्मेलनमा पनि यसले त्यही खालकाे नतिजा देखायाे । अर्थात् चुनावमा उठ्नैपर्ने, जित्न नपाए हराउनका लागि भए पनि उठ्नैपर्ने। अझ, एनअारएन अमेरिकाकाे चुनावमै हारेका पनि एनअारएनएकाे चुनावमा उम्मेद्वार भएर जग हँसाउने काम भएकाे छ। यी यस्ता विडम्वना हुन् जसले एनअारएन अमेरिकालार्इ पदका भाेकाहरूकाे संस्थाकाे रूपमा बाँकि विश्वसामु कुरिकुरी गर्ने स्थितिमा पुर्याएका छन् ।

यसपकटककाे एनअारएनए चुनावमा  उपाध्यक्ष पदका लागि अमेरिकाका तीनजनाकाे उम्मेदवारी परेकाे छ । संसारभरका लागि खुल्लातर्फ उपाध्यक्ष पद नै दुर्इवटा भएकाे वैधानिक स्थितिमा अमेरिकाकै तीनजना उम्मेद्वार हुनु भनेकाे बाँकि संसारका लागि याे पद नै कब्जा गर्ने मनसाय हाे । तीनजनामा सबैले जिते पनि दुर्इजनाले जित्ने हाे ।

यसाे गर्दा पनि एकजना अमेरिकाका उम्मेद्वार हार्ने हाे । जब स्थित यस्ताे छ भने के भनेर बाँकि विश्वका एनअारएनलार्इ मत माग्ने ? उपाध्यक्ष चाँहि अमेरिकाकाे पेवा भनेर माग्ने कि एउटा मत मलार्इ अर्काे मत तपार्इले भनेकाे उपाध्यक्षकाे उम्मेद्वारलार्इ भन्ने कि? म अमेरिकाकाै उपाध्यक्ष उम्मेद्वारलार्इ हराउन उठेकाे  हाे। त्यसैले दिए मलार्इ दिनुहाेस्, नदिए अमेरिकाका अरू उम्मेद्वारलार्इ चाँहि कसैगरी नदिनुहाेस् भन्ने हाे । जे भने पनि यसकाे सन्देश सकारात्मक जाँदैन र जति मत अाउनुपर्ने हाे त्यति मत नअाउन सक्छ ।

अब रह्याे अमेरिकाकाबाट काे काे उम्मेद्वार छन् भन्ने ? अमेरिकाबाट खगेन्द्र क्षेत्री, साेनाम लामा र रविना थापा उम्मेदवार भएका छन्। अमेरिकाका लागि उहाँहरू तिनैजना सुपरिचित नाम हुन्, धेरैले कामका अाधारमा पनि उहाँहरूलार्इ चिन्नुहुन्छ। एनअारएन अमेरिकाका निवर्तमान अध्यक्ष क्षेत्री एनअारएनएका सदस्य र नागरिकतासम्न्धी कार्यदलका सह अध्यक्ष हुन्। जिसी सरकारले नियुक्त गरेका एनअारएनका अवैतनिक सल्लाहकार पनि हुन। पेशाले कानुन् व्यवसायी र विचारले उहाँ कांग्रेस नजिक हुन् जिसी । 

साेनाम लामा पेशाले व्यापारी र वर्तमान एनअारएनएमा अमेरिकाज क्षेत्रकाे संयाेजक हुन्। भर्खरै कांग्रेस पसेका लामा विगत कार्यकालमा शेष घलेका कट्टर समर्थक र एनअारएनमा जनजाति कार्डकाे सुरूवात गर्ने चलाख खेलाडीका रूपमा चिनिएका हुन्।

अमेरिकाकाे एनअारएनमा राजनीति प्रवेश गराउन अहम् भूमिका निर्वाह गर्ने लामा एनअारएनएकाे धूर्त खेलाडीका रूपमा समेत परिचित छन्। जीवनभर घलेकाे कृपापात्र रहेका लामा चुनावकाे मुखमा चुनाव जित्नकै लागि घलेविराेधी क्याम्पमा पुगेका हुन् भन्दा अत्युक्ति नहोला। 

 

रविना थापा एनअारएन अमेरिकाकी निवर्तमान उपाध्यक्ष र भर्खरै सम्पन्न चुनावमा अध्यक्ष पदकी उपविजेता हुन् । कांग्रेस पृष्ठभूमिकी थापा यसअघिकाे कार्यसमितिले गरेका दुष्कर्महरूकाे साक्षी बसे पनि पछिल्लाे चुनावमा  विद्राेही स्रवभावका साथ सक्षम उम्मेद्वारका  रूपमा प्रस्तुत भएकी छिन् । एनअारएनएकाे चुनावमा उम्मेद्वारी दिने सुइकाे नै नदिइ उनी अन्तिम अवस्थामा उम्मेदवारी दिएकी हुन् ।

ग्लाेबल एनअारएनकाे अाँखाबाट हेर्दा उहाँ अमेरिकी लाेकल व्यक्तित्व मात्र हुनुहुन्छ। यसाे हेर्दा थापाको उम्मेद्वारी जित्नका लागिभन्दा पनि अमेरिकी चुनावमा अाफ्नाे विपक्षमा रहेका अमेरिकाबाट उम्मेद्वारी दिने उपाध्यक्षका उम्मेदवारलाइ हराउनका लागि नै हाे कि जस्ताे देखिन्छ। यद्धपि, उनले एनअारएन महिलाहरूकाे मत, संसारभर छरिएर रहेका म्याग्देलीहरूकाे मत, अाकर्षक व्यक्तित्वका कारण कुनै पनि पक्षमा नरहेका तटस्थ मत, सबै उही ड्याङका मूला हुन् भन्ने फ्रस्टेट मत र वामपक्षधर मत पनि जम्मा गरेर कडा प्रतिस्पर्धा गर्न सक्ने संकेतहरू देखिएका छन् ।

अब रह्याे यी तीनमध्ये काे उपयुक्त उम्मेदवार हाे ?

एनअारएनएकाे यसपटककाे चुनाव हेर्ने हाे भने एक जना उपाध्यक्ष कुमार पन्त हुने कुरा लगभग तय छ। एनअारएनमा उनकाे लामाे भूमिका, युराेप फ्याक्टर र अाफैं पनि एक प्रभावशाली र सुपरिचित व्यक्तित्व भएका कारण उनी एकजना उपाध्यक्षकाे हकदार मानिन्छन् ।

बाँकि एकजना उपाध्यक्षका लागि चुनाव हुने हाे। प्यानल बनाएर चुनाव हुन लागेकाले धेरै मत प्यानलवाइज नै खस्ने हाे कि जस्ताे देखिन्छ। तर, निर्णायक मत भने प्यानल बाहिरकै हुने जस्ताे देखिन्छ।  जे जस्ताे स्थिति भए पनि अर्काे उपाध्यक्ष अमेरिकाबाटै जित्ने सम्भावना देखिन्छ। तीनजनामध्ये दुर्इजनाले तेस्राे उम्मेद्वारलार्इ छाेड्ने हाे र अमेरिका जुट्ने हाे भने यसपटक एकजना उपाध्यक्ष अमेरिकाबाट हुने निश्चित छ। तर, त्यसाे भएन भने संसारभरका एनअारएनले अाफ्नाे विवेककाे मत प्रयाेग गर्न सक्छन् । र, त्यस्ताे अवस्थामा खगेन्द्र क्षेत्री दह्रो देखिएका छन् ।  

अाखिर कसरी खगेन्द्र क्षेत्री दह्रो छन् त भन्ने प्रश्न उठ्छ। यसका मूलभूत तीन कारण छन् ।


– एनअारएनमा खासगरी नागरिकता निरन्तरताका लागि उनले खेलेकाे भूमिका र त्यसलार्इ कानुनतः तार्किक निष्कर्षमा पुर्याउन उहाँकाे सम्भावित याेगदान । त्यसका लागि उनी निर्विकल्प उम्मेद्वार हाे भन्ने संसारभरका एनअारएनकाे बुझाइ । यसमा उहाँकाे अर्काे व्यक्तित्व नेपाल सरकारकाे एनअारएन सम्वन्धी सल्लाहकारले पनि थप महत्व र अाैचित्य पुष्टि गर्न सक्छ। 
– यसअघि पनि उपाध्यक्षकाे निकटतम प्रतिस्पर्धी रहेकाे र एकपटक फेरि प्रतिस्पर्धा गर्छु मलार्इ माैका दिनुहाेस् भन्नु अाफैंमा नाजायज हुदैन। यसले एनअारएनप्रतिकाे प्रतिवद्धता देखाउँछ र उनकाे याे प्रतिवद्धतालार्इ सम्मान गर्दै मध्यपूर्वबाट उपाध्यक्षकाे उम्मेद्वारी घाेषणा गरेका नरेन्द्र भाटकाे  समर्थनले पनि अहम् भूमिका निर्वाह गर्दछ।
– एनअारएनमा नेपाली कांग्रेस समर्थकहरूकाे बाहुल्य हुनु पनि क्षेत्रीकाे जीतकाे एक अाधार हुन सक्छ। उनी पारिवारिक रूपमा र जन्मजात कांग्रेस विचारधारा बाेकेर हिडेका एक प्रतिवद्ध कांग्रेस हुन् । चुनावकाे मुखमा चुनाव जित्नकै लागि कांग्रेस हुनेहरू भन्दा कांग्रेसका लागि लामाे समयदेखि याेगदान गरेका क्षेत्रीकाे गुणलार्इ संसारभरबाट एनअारएनमा सहभागी प्रतिनिधिहरूले मूल्यांकन गर्ने नै छन् ।

खगेन्द्र क्षेत्री एनअारएन अभियानका लागि एक अपरिहार्य अभियन्ता हुन् । कम्तिमा पनि नेपालकाे संविधानमा व्यवस्था भएकाे गैरअावासीय नेपाली नागरिकतालार्इ कानूनी व्यवस्थापन नगरूञ्जेल उनकाे उपादेयता एनअारएनमा सबैभन्दा बढी रहन्छ। यस अाधारमा पनि यस पटक क्षेत्री अमेरिका क्षेत्रका बलिया र बाैध्दिक उम्मेदवार हुन् भन्न सकिन्छ ।

(लेखक थापा ह्वाइट हिमाल अनलाइनका सम्पादक हुन् ।)