मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

‘जिताउँ चट्ट, भवन भट्ट’ नारासहित अध्यक्षमा उम्मेदवारी

‘जिताउँ चट्ट, भवन भट्ट’ नारासहित अध्यक्षमा उम्मेदवारी


हिमालयखबर संवाददाता-
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएकोआठौँ विश्व सम्मेलनमा चर्चामा रहेका अध्यक्षका प्रत्याशी भवन भट्टले उम्मेदवारी दर्ता गरेका छन् । 
 
उम्मेदवारी दर्ताका क्रममा उनका समर्थकहरुले 'जिताउँ चट्ट, भवन भट्ट' भन्दै नारावाजी गरेका थिए ।  सन् २०१५ देखि ०१७ सम्म उपाध्यक्ष रहेका भट्टले यसपटकको विश्व सम्मेलनमा अध्यक्षमा उम्मेदवारी दिएका हुन् । 
 
उपाध्यक्षमा कुमार पन्तले उम्मेदवारी दर्ता गराएका छन् । केही महिना अघिसम्म पन्तले अध्यक्षमा उम्मेदवारी दिने चर्चा थियो ।  उपाध्यक्ष पदका लागि खगेन्द्र जिसी, कुल अाचार्य, सोनाम लामाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दिने समय सोमवार बिहानसम्म छ । 
 
यस्तै, अमेरिकाज क्षेत्रका लागि रिजनल को-अर्डिनेटर (आरसी) पदमा गौरीराज जोशी,  एसी शेर्पा र श्री पराजुलीले उम्मेदवारी दर्ता गराएका छन् ।  
 
सम्मेलन शनिबार राष्टपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । छलफल लगायत विधान संशोधन लगायतका प्रकृयागत कार्यहरु आइतबार सकिएका छ्न । सम्मेलनले भिजन २०२० एण्ड विओण्ड प्रस्तावलाई स्विकृत गरेको छ । 
 
एनआरएनए अभियानलाई संस्थागत वनाउने उद्देश्यले भिजन २०२० ल्याईएको हो । कार्यक्रममा करिव ७० देशका गैर आवासिय नेपालीको सहभागीता छ । करिव १८ सय प्रतिनिधि चयन भएर आएका छन् । उनीहरुले मतदान द्धारा सोमवार नंया नेतृत्व चयन गर्ने छन् । 
 
विभिन्न देशवाट प्रतिनिधि आउने क्रममा विवाद भएको थियो । सबैभन्दा बढी विवाद अमेरिकामा देखिएको थियो ।
प्रतिनिधि चयनमा अनियमिता भएको भन्दै विवादहरु भएका थिए । यो विवाद उच्च नेतृत्व सम्म पुगेको छ । सोमवार महासचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । सभाले संस्थाको विधान संशोधन प्रस्ताव पनि पारित गरेको छ ।