मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनए अमेरिकाको क्षेत्रीय संयोजकमा गौरीराज जोशीको उम्मेदवारी

एनआरएनए अमेरिकाको क्षेत्रीय संयोजकमा गौरीराज जोशीको उम्मेदवारी


काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी)को आसन्न सम्मेलनमा अमेरिका क्षेत्रको संयोजक (आरसी) पदमा गौरीराज जोशीले उम्मेदवारी घोषणा गरेकाछन् । 
 
एनआरएनए अमेरीकाका निवर्तमान सल्लाहकार जोशीले सामाजिक संजालमार्फत आफ्ना एजेण्डासहित आरसी पदमा उम्मेदवारी घोषणा गरेका हुन् । लामो समयदेखि एनआरएन अभियानमा सक्रिय जोशीले आफ्नो उम्मेदवारीबारे स्पष्ट पार्दै सबैको साथ र सहयोगको खाँचो रहेको उल्लेख गरेका छन् । 
 
उनले विज्ञप्तिमा भनेकाछन् ‘केही साताअघि एनआरएन अमेरिकाको अध्यक्ष उम्मेदवारका क्रममा मैले अमेरिका बस्ने नेपालीका लागि एनआरएन अमेरिका हुनुपर्छ भन्नेलगायतका मुद्दाहरु अगाडिीसारेको यहाँहरुलाई सर्वविदितै छ ।’ 
 
एनआरएन अमेरिका नेपालीका लागि अप्ठ्यारो पर्दा सहयोग गर्ने संस्था बनाउनुपर्छ भनेर आफूले आफूलाई अध्यक्ष उम्मेदवार घोषणा गरेको जनाउँदै उनले विज्ञप्तिमा भनेका छन् विवाद होइन, एनआरएन अमेरिका सब समुदायले विश्वास गर्ने संस्था हुनुपर्छ भन्ने पक्षमा आफू सधैँ रहिआएको बताएका छन् । 
 
आफूले नियमअनुसार अमेरिका च्याप्टरको अध्यक्षमा उम्मेदवारी दिँदा पनि कायम नहुँदा अदालतसम्म जानु परेको उनले स्मरण गरेका छन् । त्यसबेला पनि आफू सहमति र सहकार्यका लागि तयार रहँदै आएको उनले स्मरण गरेका छन् । 
 
जोशीले विज्ञप्तिमा अमेरिकाभरि दुई सयभन्दा बढी उम्मेदवार, १५ हजार मतदाता भएको अवस्थामा आफ्नो कारणले निर्वाचन प्रक्रिया रोकिनु हुँदैन भनेर अन्यायमा पर्दा पर्दै पनि अदालतबाट मुद्दा फिर्ता लिएको जनाएका छन् । 
 
सहमति र सहकार्यमै बढ्नका लागि आफूले केन्द्रीय उपाध्यक्ष कुमार पन्तको उपस्थितिमा एनआरएन अध्यक्ष डा केशव पौडेलसँग उम्मेदवारी फिर्ता लिने सहमति गरेको उल्लेख गरेका छन् ।  त्यसबेला पनि उनीहरुलगायत समुदायका कयौं साथीहरुले आफूलाई एनआरएन अभियानमा बाहिर जानु हुँदैन भन्दै सम्पर्कमा आउने सबैले एनआरएन संस्थाबाट बाहिर नजान सुझाव दिइरहेको उनले स्मरण गरेका छन् ।  
 
यसबीचमा आफूले एनआरएनएको केन्द्रीय नेतृत्व तहसँग सम्पर्क गर्ने मौका पाएको र उनीहरुले आफूलाई सक्रियरुपमा एनआरएन अभियानमा सहभागी हुन सल्लाह र सुझाव दिएको भन्दै उनीहरुकै सल्लाह र सुझावलाई मनन गर्दै आफूले काठमाडौँमा अक्टोबर १४(१७ एनआरएनए विश्व सम्मेलनमा अमेरिकाको क्षेत्रका लागि क्षेत्रीय संयोजक (आरसी) पदमा उम्मेदवारी दिने निर्णय लिएको बताएका छन् । 
 
अमेरिकामा नेपाली समुदायको गतिविधिमा आफूले सधैँ साथ दिँदै आएको र प्रत्येक महिना एउटालाई गर्दै अमेरिकाका विभिन्न सहरमा बन्ने क्रममा रहेका सामुदायिक भवन निमार्णमा सहयोग दिँदै आएको उनले विज्ञप्तिमा जनाएका छन् । 
 
आगामी दिनमा यस दायरालाई फराकिलो पार्दै अमेरिका क्षेत्रमा पर्ने मेक्सिको, क्यानडालगायतका देशमा बस्ने नेपाली समुदायका गतिविधिलाई पनि समेट्ने विश्वास उनले व्यक्त गरेका छन् । 
 
अहिले पनि आफ्नो उम्मेदवारी समुदायको हितका लागि नै रहेको र अहिले भौगोलिक दायरा अलि फराकिलो भएको परिस्थितिमा मेक्सिको, अमेरिका, क्यानडालगायत अमेरिकाज क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच अझ बढी निकटताको खाँचो रहेको उनले प्रष्ट पारेका छन् । 
 
उनले विज्ञप्तिमा अगाडि भनेका छन्– ‘एकआपसमा सूचना, सहयोग र सहकार्य बढाउनु अहिलेको आवश्यकता हो भन्ने मलाई लागेको छ । समुदायको हितका लागि हामी सबै एक भएर अघि जान सकिन्छ । यसमा म यस क्षेत्रमा बस्ने सबै नेपाली समुदायको सुझावका लागि पनि अनुरोध गर्छु । अमेरिकाज क्षेत्रमा बस्नुहुने सबै नेपाली समुदाय, विश्व सम्मेलनमा सहभागी हुने प्रतिनिधिलगायत सबैलाई मेरो क्षेत्रीय संयोजक (आरसी) पदमा उम्मेदवारीलाई सहयोग र समर्थन गर्न अनुरोध गर्छु ।’
 
आफूलाई काम गरेर देदखाउने अवसर सिर्जना गर्नका लागि आग्रह गर्दै आफू सधैँ सहमति र सहकार्यका लागि तयार रहेको प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।