मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

एनआरएनको अध्यक्षमा जमुना घलेको उम्मेदवारी

एनआरएनको अध्यक्षमा जमुना घलेको उम्मेदवारी


हिमालय खबर संवाददाता 
काठमान्डौं- गैर आवासीय नेपाली संघ(एनआरएन)को अन्तर्राष्ट्रिय समन्वय समितीको अध्यक्षमा जमुना घलेले पनि आफनो उम्मेदवारी घोषणा गरेकी छन । 
 
एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितीकोको विश्व सम्मेलन शुरु हुनु दुइ दिन अघि काठमान्डौंको  रेडिशन होटलमा बिहीवार एक पत्रकार सम्मेलनमार्फत जमुनाले आफनो उम्मेदवारी घोषणा गरेकी हुन । 
 
पत्रकार सम्मेलनमा उनले एनआरएन डेलीगेटसहरुको आग्रह एवं गैर आवासीय नेपाली संघका मुख्य स्टकहोल्डरहरुको विश्वास र अपेक्षालाइ निरन्तरता दिन आफुले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकी बताएकी छन । 
 
एनआरएनका वर्तमान अध्यक्ष शेष घलेकी श्रीमती जमुना घलेले व्यवसाय वा समाजसेवामा आफु जहिल्यै पनि आफनै पहिचानमा उभिन रुचाएको उल्लेख गर्दै  आफनो उम्मेदवारीलाइ संकीर्ण आँखाले नहेरीदिन अनुरोघ समेत गरेकी छन । 
 
उनले भनेकी छन – नेपालीका लागी नेपाली भन्ने पवित्र उदेश्यसहित शुरु भएको  यो संस्थाले पछिलला दिनमा  देशभित्र र बाहिर पनि आफनो शाखलाइ स्थापीत गर्न सफल भएको छ । तर, यो सँस्थाको अथाह संभावना र अवसरलाइ अझैपनि उपयोग गर्न नसकिएको मेले महसुश गरेकी छु । 
 
अध्यक्षमा एनआरएनका वर्तमान उपाध्यक्ष भवन भटटले यस अघि नै  आफनो उम्मेदवारी घोषणा गरेका छन ।