मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

कांग्रेसको इतिहासलाई कसैले मेटाउन सक्दैन : नेता पौडेल

कांग्रेसको इतिहासलाई कसैले मेटाउन सक्दैन : नेता पौडेल


काठमाडौँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुनुपर्ने बताएका छन् । 
 
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्ष्य गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले काँग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएको र यसको इतिहासलाई कसैले मेटाउन नसक्ने दाबी गरे । 
 
कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने बताउँदै नेता पौडेलले कम्युनिस्ट अधिनायकवादविरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको विचार व्यक्त गरे । 
 
काँग्रेसको घोषणपत्रमा सुशासन, निमुखालाई न्याय र विपन्नलाई आय, कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सहकारी, शिक्षा, स्वास्थ्यसम्बन्धी विषय समेट्न उनले सुझाव दिए । 
 
काँग्रेस नेता महेश आचार्यको संयोजकत्वमा तयार हुने नेपाली काँग्रेस घोषणपत्र, २०७४ मा समेट्नुपर्ने विषयमा काँग्रेसनिकट विभिन्न पेशागत संघले रचनात्मक सुझाव दिएका थिए । 
 
सुझाव दिनेमा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, प्रजातान्त्रिक चिकित्सक संघका अध्यक्ष केके राई, नेपाल टे«ड युनियनका उपाध्यक्ष गणेश निरौला, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलालगायत रहेका थिए ।