मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

भारतको कोठीबाट तीन बालिका र एक महिलाको उद्धार

भारतको कोठीबाट तीन बालिका र एक महिलाको उद्धार


नवलपरासी – मानव बेचबिखन र लैंगिक हिंसा अन्त्यका लागि कार्य गर्दै आइरहेको सामाजिक संस्था केआई नेपालले भारतको मुम्बईस्थित एक कोठीबाट तीन बालिका र दिल्लीको एक कोठीबाट एक महिलाको उद्धार गरिएको छ । 
 
केआई नेपालका कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईले दिएको जानकारीअनुसार उद्धार गरिएका ती बालिकाहरु हाल मुम्बईको एक गैरसरकारी संस्थामा पुनस्र्थापना गरिएको छ । 
 
असोज १८ गते  दिल्लीको एक कोठीबाट उद्धार गरिएकी चितवन ठेगाना भएकी उक्त महिलालाई भारतस्थित नेपाली दूतावाससँगको समन्वय र सहकार्यमा नेपाल ल्याइँदै छ ।
 
देशका विभिन्न ६ वटा शाखा कार्यालय : मोरङ्ग, पर्सा, चितवन, रुपन्देही, कपिलवस्तु, बाँके०मार्फत विभिन्न जिल्लाहरुमा मानव बेचबिखन तथा लैंगिक हिंसाविरुद्ध कार्य गर्दै आइरहेको यस संस्थाले नेपाल भारत सीमामा रहेर सीमा निगरानी, सूचना सम्प्रेषण, परामर्श तथा उद्धार गर्ने, उद्धार गरिएका महिला तथा बालिकाको पुनस्र्थापना गरी सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय सञ्चालनमा मद्दत गरी आत्मनिर्भर बनाउन सहयोग गर्ने तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 
 
बेचबिखनमा परेकाहरुको उद्धारपश्चात् कानुनी सहायता प्रदान गर्देै वकालत तथा पैरवीलगायतका कार्यहरु सञ्चालन गर्दै आइरहेको यस संस्थाले हरेक वर्ष सयौँ महिला तथा बालबालिकाको उद्धार गरिरहेको छ ।