मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी बन्दुक समर्थक समूहका सदस्य सचेत बन्दै

अमेरिकी बन्दुक समर्थक समूहका सदस्य सचेत बन्दै


वासिङ्टन– संयुक्त राज्य अमेरिकामा नागरिकले बन्दुक राख्न पाउनुलाई अधिकारका रुपमा वकालत गर्दै आएको बन्दुक समर्थक समूहका सदस्यहरु लास भेगासमा पछिल्लो पटक भएको नरसंहारपछि भने झस्किएका छन् ।  
 
उक्त आक्रमणमा आक्रमणकारी स्टेफन प्याडकले आफ्नो बन्दुकलाई अन्य उपकरण जोडेर अत्याधुनिक बनाएका र यसरी गरिएको आक्रमणबाट ठूलो नरसंहार भएको खुल्न आएपछि उनीहरु झस्किएका हुन्.। 
 
उक्त समूहले लास भेगास गोलीकाण्ड गराउनुअघि आफ्नो बन्दुकमा ‘बम्प स्टक’ नामको एक किसिमको उपकरण, प्रविधि प्रयोग गरी उनले आफ्नो बन्दुकलाई थप शक्तिशाली बनाएका थिए । 
 
बन्दुक राख्न पाउने अधिकारका अभियन्ताहरुले त्यस्तो नियम कुनै पनि व्यक्तिलाई दिन नहुने बताएका छन् । यस्तो प्रविधिमा प्रतिबन्ध लगाउनुपर्ने आवश्यकताका बारेमा उनीहरुले बहस थाल्नुपर्ने जनाएका छन् ।  
 
यसरी आफूले अनुमति प्राप्त गरी राखेको एकथान बन्दुकमा यस्ता उपकरणहरु जडान गरी आमनरसंहारमा प्रयोग गरेपछि यसले निम्त्याउन सक्ने जटिलताका बारेमा उनीहरुले वकालत थालेका छन् ।
 
उनीहरुले बन्दुक कानुनमा यस्तो गर्न पाइने वा नपाइने के कस्तो प्रावधान छ भनेर खोज्नुपर्नेमा उनीहरुको माग आएको बताइएको छ ।  
 
लास भेगममा ५९ जनाको हत्या गरेका स्टेफन प्याडकले आफ्नै बन्दुकलाई यस प्रविधिको प्रयोग गरेर स्वचालित बनाएका थिए । यसलाई अमेरिकाको बन्दुक हत्या इतिहासकै सबैभन्दा खतरनाक भनी टिप्पणी गरिएको छ ।
 
उसले बिहीबार नियामकहरुलाई ’बम्प स्टक’ प्रविधि संघीय कानुनसँग तादातम्य राख्छ कि राख्दैन भन्ने समीक्षा तत्काल गर्न आग्रह गरेको छ । (रासस–सिन्ह्वा)