मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

माओवादी केन्द्र सरकारमै रहने

माओवादी केन्द्र सरकारमै रहने


असोज १८ काठमाडाै । मंगलबार पार्टि एकिकरणको सहमति गरेपनि सत्तारुढ माओवादी केन्द्रले तत्काल कांग्रेस नेतृत्वको वर्तमान सरकारबाट समर्थन फिर्ता नलिने बताएको छ।

उसले मंसिरको चुनावसम्म यही सरकार कायम राख्ने बताएको छ।

तर विपक्षीसंग मिल्ने पार्टिसंग अब सरकारभित्र सहकार्य असहज हुन सक्ने कांग्रेस नेताहरुले बताएका छन्।

फेरबदल

२०७३ सालको असारमा जोडिएको कांग्रेस र माओवादीको सम्बन्ध लगभग डेढ वर्षपछि तोडिएको छ।

त्यतिखेर सहमतिपश्चात माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा कांग्रेस सम्मिलित सरकार बनेको थियो भने स्थानीय तहको पहिलो चरणको चुनावपश्चात प्रचण्डले सरकारको वाग्डोर कांग्रेस सभापति शेरबहादुर देउवालाई दिएका थिए।

अब भने पासा फेरि पल्टिएको छ।

तर यसपटक तत्काल सरकार फेरबदल गर्ने मनस्थितिमा माओवादी देखिंदैन।

पछिल्लो राजनीतिक घटना क्रमपछि सत्ता समिकरण बारे माओवादी केन्द्रकी नेता पम्फा भुषाल भन्छिन्, “यो सरकार संविधान कार्यान्वयन र निर्वाचन गराउनको निम्ति हो। हामी यो सरकारको समर्थन गर्छौं। यही सरकारले चुनाव गराउँछ।”

समिकरण

तर नेपाली कांग्रेसका नेताहरुले भने सरकारको समर्थन माओवादीले फिर्ता नलिएपनि अब सरकारभित्र मुख्य दुई दलको बीच सम्बन्ध असहज हुने वा नहुने माओवादीकै व्यवहारमा भर पर्ने बताएका छन्।

नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले भने, “नेपाल काँग्रेस संविधान कार्यान्वयन गर्न प्रतिबद्ध छ र चुनाव पनि यही सरकारले गराउँछ। हेर्दै जाऔं उहाँहरु (माओवादीहरु) कसरी प्रस्तुत हुनुहुनेछ त्यसैमा निर्भर गर्नेछ।”

निधिका अनुसार मंलबार दिउँसो प्रधानमन्त्री देउवासंगको भेटमा प्रचण्डले मंसिरमा तोकिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म सरकार समिकरण कायमै रहने बताएका थिए। बिबिसी बाट