मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

डिभी खुल्यो , कसरी भर्ने ?

डिभी खुल्यो , कसरी भर्ने ?


न्युयोर्क(अमेरिका)- सन् २०१९ को डाइभर्सिटी भिसा (डिभी) कार्यक्रमको लागि आवेदन दर्ता मंगलबार देखि खुल्ने भएको नेपालस्थित अमेरिकी दुतावासले जानकारी दिएको छ । अक्टोबर ३, २०१७ नेपालमा स्थानीय समयअनुसार रातको ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ। नोभेम्बर ७, २०१७ अर्थात २०७४ कार्तिक २१ बन्द हुनेछ ।
 
डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ। त्यस्तै आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन आवेदन सम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिन दूतावासले सल्लाह दिएको छ।
 
फर्म भर्ने अवधिमा www.dvlottery.state.gov  मा गई ई डिभीको आवेदन फारम भर्नु पर्नेछ । अवेदनमा आफ्ना पतिरपत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानको विवरण राख्नुपर्छ। सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
 
फर्म भर्दा फोटो भने हालसालै खिचिएको हुनुपर्ने छ अघिल्लो वर्षको डिभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । सबै विवरणसहित फर्म भरेर सबमीट गरिसकेपछि कन्फर्मेसन नम्बरसहितके पत्र प्रिन्ट गर्नुपर्छ जसको आधारमा डिभी परेनपरेको थाहा पाउने माध्यम हो।
 
डिभी का लागि छनोटमा परेनपरेके थाहा पाउनको लागि कुनै फोन र इमेल नअउने र त्यस्ता हल्लाका पछाडि नलाग्न दुतावासले सचेत गराएके छ। रिजल्ट थाहा पाउनको लागि मे १,२०१८ अर्थात २०७५ वैशाख १८० वा त्यसपछि  www.dvlottery.state.gov  मा गई आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ।