मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

चितवन प्रहरीले चाडवाडलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्ने

चितवन प्रहरीले चाडवाडलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पार्ने


नारायणगढ– चितवन प्रहरीले चाडवाडको समयमा हुनसक्ने सम्भावित आपराधिक घटना हुन नदिनका लागि सुरक्षा व्यवस्था कडा बनाएको जानकारी गराएको छ । प्रहरीले बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी चाडवाडलक्षित सुरक्षा योजनाबारे जानकारी गराएको हो ।
 
चितवन प्रहरी प्रमुख दीपक थापाका अनुसार राजमार्गमा हुने चोरी डकैती निरुत्साहित गर्ने, बजारमा कालोबजारी र कृत्रिम अभाव सृजना हुन नदिने, कुनै पनि घटनामा तत्कालै प्रहरी परिचालन र विस्तार गर्ने, राजमार्गको यातायात नियमित सञ्चालन गर्ने योजना प्रहरीको रहेको छ । 
 
राजमार्गमा चल्ने सवारी साधनहरुलाई आ–आफ्नो जिम्मेवार क्षेत्रमा स्कर्टिङ्ग गर्ने, सादा पोसाकले बैँक तथा वित्तीय संघसंस्था, बढी आर्थिक कारोवार हुने स्थानहरुमा अनुगमन गर्ने, चोरी, लुटपाटजस्ता घटना हुन नदिन २४सै घण्टा मोटरसाइकलमा समेत प्रहरी परिचालन गर्ने प्रमुख थापाले जानकारी दिए । 
 
त्यस्तै यात्रुको समस्यालाई ध्यानमा राखी टिकट काउन्टरबाट प्रदान गरिने सेवालाई व्यवस्थित र पारदर्शी गराउने उद्देश्यले भरतपुर–९ केन्द्रीय बसपार्क र भरतपुर–१ पुल्चोकमा यातायात व्यवसायीको प्रतिनिधिसमेत रहने गरी यात्रु सहायता कक्ष स्थापना गरिने भएको छ । 
 
दिवा तथा रात्रीकालीन सवारीलाई सुरक्षित बनाई लाइफलाइनको रुपमा लिइएको मुग्लिन–नारायणगढ सडक नियमित सञ्चालनका लागि आवश्यक प्रहरी, ट्राफिक प्रहरी खटाइने प्रहरी प्रमुख थापाले बताए ।