मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

बाबुले युवतीको शव देखेपछि पक्राउ परे छोरा

बाबुले युवतीको शव देखेपछि पक्राउ परे छोरा


नारायणगढ– भरतपुर महानगरपालिका वडा नं २१ पहारिलोटारकी २० वर्षीया सुजता बराल घिमिरेको हत्यामा बोराभित्र पोको पारेर फालेको अवस्थामा शव भेटिएकोे प्रहरीले जनाएको छ । 
 
हत्यामा संलग्न प्रमुख अभियुक्त भरतपुर २३ बस्ने १७ वर्षीय तिलक नेपालीलाई उनको घरबाटै भदौ २७ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ । 
 
अभियुक्त नेपालीले हत्या गरेको स्वीकारिसकेको प्रमुख थापा बताए । सोही घटनामा अन्यको पनि संलग्नता रहेकाले खोजी कार्य भइरहेको प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । 
 
हत्या गरी फालिएकी युवतीको शव हत्या आरोप लागेका तिलकका बुवा तुले भनिने दिलबहादुर नेपालीले घाँस काट्न जाँदा देखेपछि प्रहरीलाई खबर गरेका थिए । 
स्थानीय प्रकाश बरालका अनुसार हत्या आरोप लागेका तिलकका बाबुले नै उक्त शव देखेपछि सबैलाई खबर गरेका थिए । आफूले देखेको शव छोराले नै हत्या गरेको भन्ने प्रारम्भिक जानकारी पाएपछि दिलबहादुर स्वयं आश्चर्यमा परेका छन् । 
 
भदौ २२ गते भरतपुर २३ स्थित शितलपानीमा स्थानीय दिनानाथ पौडेलेको खेतको कुलोमा बोरामा पोको पारेर फालिएको अवस्थामा शव भेटिएको थियो । भदौ १७ गते बेलुकी घरबाट हराएकी युवतीको शव २२ गतेमात्र फेला परेको थियो । 
 
घटना रहस्यमय भएपछि यस घटनामा जिल्ला प्रहरी कार्यालय चितवनको मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक अन्जना श्रेष्ठलाई अनुसन्धानमा खटाएको थियो । एक हप्तापछि घटनाबारे तथ्यहरु खुलेको प्रहरी प्रमुख थापाले बताए । 
 
बोराभित्र हालिएको अवस्थामा शंकास्पद रुपमा शव फेला परेपछि परिवार र छिमेकीले हत्यारा पत्ता लगाउनका लागि प्रहरी प्रशासनलाई निरन्तर दबाब दिएका थिए । युवतीको माइतीघर पनि भरतपुर २३ मा रहेको प्रहरीको भनाइ छ । 
 
मृतकको श्रीमान् विदेशमा रहेको प्रहरीले जनाएको छ । शव फेला परेपछि भएको पोष्टमार्टमका आधारमा युवतीको हत्या भएको भन्ने पुष्टि भएको प्रहरी प्रमुख थापाले बताए । अभियुक्तविरुद्ध कर्तव्य ज्यान मुद्दा चलेको र बुधबार नै अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।