मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन : प्रधानमन्त्री देउवा

आचारसंहिताले सरकारलाई अप्ठेरो परेको छैन : प्रधानमन्त्री देउवा


विराटनगर– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिताका कारण सरकारलाई कुनै अप्ठेरो नपरेको स्पष्ट पारेका छन् ।
 
विराटनगर विमानस्थलमा मंगलबार बिहान सञ्चारकर्मीहरूसँग संंक्षिप्त कुराकानी गर्दै उनले सरकारलाई आवश्यक कामकाजमा कुनै अप्ठेरो पर्न गएमा निर्वाचन आयोगको सहमतिमा मात्र गरिने जानकारी गराए ।
 
निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई सरकारले उल्लंघन नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले भने, “आचारसंहिता पालना गर्न सरकार प्रतिबद्ध रहेको छ ।”
 
संविधान संशोधनको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले मुलुकको संविधान गतिशील रहेको र संसदीय निर्वाचनपछि संविधान संशोधनको सम्भावना प्रचुररूपमा रहेको उल्लेख गरे ।
 
नेपाल आयल निगमद्वारा जग्गा खरिदमा अनियमितता भएको भनिएको सम्बन्धमा उनले यस विषयमा छानबिन भइरहेको जानकारी गराए ।
 
नेपाली काँग्रेसको सभापतिसमेत रहेका देउवा समक्ष पत्रकारको जिज्ञासामा उनले पार्टीको विधानअनुसार उपसभापति नियुक्ति चाँडै हुने स्पष्ट पारे ।
 
मन्त्रिमण्डल विस्तारको सम्बन्धमा प्रधानमन्त्री देउवाले आवश्यकताअनुसार नै मन्त्रिमण्डल विस्तार गरिएको बताए । प्रधानमन्त्री देउवा विराटनगरबाट सप्तरी जिल्ला प्रस्थान गरेका छन् । रासस