मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससको गोलीकाण्डमा आठ जनाको मृत्यु

टेक्ससको गोलीकाण्डमा आठ जनाको मृत्यु


हाउस्टन, भदौ २६ । अमेरिकी राज्य टेक्सासको उत्तरी भागमा रहेको एक घरमा भएको गोली प्रहारमा संदिग्घ एकजना अपराधीसहित आठ व्यक्तिको मृत्यु भएको छ ।
 
हाउस्टनबाट ४१० किलोमिटर उत्तरमा पर्ने महानगर क्षेत्रमा रहेको एक घरमा रहेका सात जनाको ज्यान गएको छ । साथै, सोही घरमा अर्का एकजना संदिग्ध पनि मारिएका छन् ।
 
तिनै व्यक्तिले गोली प्रहार गर्न सुरु गरेको प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले जनाएको छ । सो गोलीकाण्ड किन र कसले गरेको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।
 
गोली प्रहारबाट एक घरमा रहेका नौजना व्यक्ति परेका थिए । ती मध्ये सात जनाको घटनास्थलमा मृत्यु भएको थियो भने एकजनाको अस्पताल पुर्‍याएपछि मृत्यु भएको थियो ।
 
उक्त गोलीकाण्डमा परी अर्का एकजना घाइते छन् । यस घटानमा मारिएका सबैजना युवा युवती रहेका बताइएको छ । तर, उनीहरुको पहिचान भने प्रहरीले खोलेको छैन ।