मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य / विचित्र संसार   

भरतपुर अस्पतालको सेवा प्रभावकारी बनाउन मेयर दाहालको निर्देशन

भरतपुर अस्पतालको सेवा प्रभावकारी बनाउन मेयर दाहालको निर्देशन


नारायणगढ – भरतपुर अस्पतालको सेवा प्रभावकारी बनाउन भरतपुर महानगरका प्रमुख रेणु दाहालले निर्देशन दिएकी छन् । अस्पतालको सेवा प्रभावकारी भए नभएको विषयमा अवलोकन गर्दै उनले बिरामीबाट कुनै पनि गुनासो नआउने गरी काम गर्न निर्देशन दिएकी हुन् । 
 
भरतपुर महानगरको मेयरमा सपथ लिएको ३२ दिनमा उपमेयर पार्वती शाहको साथमा अस्पताल पुगेकी दाहालले अधिकांश महिलाहरु भूइँमै सुतेर उपचार गर्न बाध्य भएको देखेपछि तत्काल बेड थपी उपचार गर्न अस्पतालका मेडिकल सुपरिटेडेन्ट डा रुद्र मरासिनीलाई आग्रह  गरेकी थिइन् । 
 
मेयर दाहालले भनिन्, ‘बिरामीले दुःख पाउने गरी उपचार गर्नु भएन, कस्तो सहयोग आवश्यक पर्छ महानगर गर्न तयार छ ।’ 
 
उनले महानगरले भरतपुर अस्पतालको सेवालाई केन्द्रीयस्तरको बनाउनेतर्फ पहल गरिरहेको जानकारी दिइन् । भरतपुर अस्पतालका प्रसुति रोग विभाग प्रमुख डा सुनिलमणि पोख्रेल अस्पतालमा प्रसुति गराउन आउने आधा महिला भूइँमा सुतेर उपचार गर्न बाध्य भएको बताउँछन् । दैनिक सरदर ४० जना भूइँमा नै हुने गरेको उनले बताए । 
 
सो अवसरमा उपमेयर पार्वती शाहले अस्पतालको सेवा राम्रो बनाउनु जिल्लावासीको पनि भूमिका हुने उल्लेख गर्दे सबै नागरिकले सरकारी अस्पतालको सेवा लिने वातावरण बनाउनुपर्ने बताइन् । 
 
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले अस्पतालको सिंगो प्रशासन अस्पतालका सेवा कसरी चुस्त दुरुस्त पार्न सकिन्छ भनी लागिपरेको बताए । 
 
उनले दरबन्दीका कर्मचारी अभाव र न्यून स्रोतसाधनका कारण पनि सेवा पूर्णरुपमा प्रभावकारी पार्न नसकिएको गुनासो गरे । हालैमात्र डायलायासिस, सीटीस्क्यानलगायतका सेवासमेत सुरू गरेको भरतपुर अस्पतालमा दैनिक एकहजार बढी बिरामीले सेवा लिने गरेका छन् ।