स्वास्थ्य / विचित्र संसार

प्रसूति गराउने क्रममा महिलाको मृत्यु

255 पटक पढिएको

11th Sep 2017, Monday | २०७४ भाद्र २६, सोमबार ०२:०१
गाईघाट (उदयपुर) । जिल्ला अस्पतालमा सोमबार बिहान प्रसूति गराउने क्रममा एक महिलाको मृत्यु भएको छ । 
 
अस्पतालका अनुसार प्रसूति गराउने क्रममा स्थानीय चौदण्डी नगरपालिका– ३ हडियास्थित भिमाहा बस्ने वर्ष ३० की रामकुमारी दनुवारको मृत्यु भएको हो । 
 
आइतबार बेलुकी दनुवारलाई अस्पतालमा भर्ना गरिएको र सोमबार बिहान ८.३० मा सामान्यरूपले बच्चा जन्माउने क्रममा बिरामीले उल्टी गर्दा बल परेका कारण बिरामीको फोक्सो र मुटुमा असर परेर मृत्यु भएको अस्पतालका प्रसूति विशेषज्ञ डा फणिन्द्र बरालले बताए । 
 
उनका अनुसार सामान्यरूपमै बच्चा जन्माउन सक्ने देखिएकाले शल्यक्रिया नगरिएको तर बिरामी धेरै कमजोर भएका कारण बच्चा जन्माउने बेलामा बढी बल गर्नुपरेकोले मुटुमा प्रत्यक्ष असर परेर दनुवारको मृत्यु भएको हो । 
 
मृतक दनुवारको यसअघि नै तीन छोरीको जन्म भइसकेको र योपटक छोरा हुने अपेक्षामा अस्पतालमै प्रसूतिका लागि आएकी थिइन् । अहिले मृतकको शव अस्पतालमै छ । रासस