नेपाल समाचार

नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित

797 पटक पढिएको

कसले कति मत पाए ? (सूचीसहित)

21st Aug 2017, Monday | २०७४ भाद्र ५, सोमबार २०:१३
हिमालयखवर संवाददाता- 
काठमाडौँ (नेपाल)- नेपाल पत्रकार महासंघको अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन् । 
 
आचार्य नेपाली काँग्रेस निकट प्रेस युनियन र माओवादी केन्द्र निकट प्रेस सेन्टरको गठबन्धनमा अध्यक्षको  उम्मेदवार बनेका थिए । अध्यक्षमा निर्वाचित आचार्य  बिचारका हिसाबले माओवादी केन्द्र निकट पत्रकार  हुन । 
 
अध्यक्षमा निर्वाचित आचार्यले ७ सय ३२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्दी एमाले निकट प्रेस चौतारीका तर्फबाट उम्मेदवार बनेका तीर्थ कोइरालाले ६ सय २७ मत मात्र  प्राप्त गरेका छन् ।
 
अध्यक्षका अन्य  उम्मेदवारहरुमध्ये  उजिर मगरले जम्मा ५४ मत मात्र प्राप्त गरे भने इन्द्रबहादुर राउतले २० र भावना विद्रोहीले ६ मत मात्र प्राप्त गरेका छन्  । 
 
महासंघका अन्य पदाधिकारीहरुमापनि प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनकै उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।
 
महासंघको खुलातर्फको उपाध्यक्षमा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलीप थापामगर, महासचिवमा रमेश विष्ट र खुलातर्फको सचिवमा रामप्रसाद दाहाल विजयी भएका छन् ।
 
महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसिएट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी निर्वाचित भएका छन् ।
 
यसै गरी लेखा समितिका सदस्यमा मिरा राजभण्डारी र भुपेन्द्र आचार्य निर्वाचित भएका छन् । सदस्यहरूमा भने मिश्रीत परिणाम आएको छ ।  
 
नेपाल पत्रकार महासंघ, पत्रकारहरुको छाता सङ्गठन भए पनि यसको नेतृत्व छनौटमा भने राजनीतिक प्रभाव र राजनीतिक समिकरणको छायाँ पर्ने गरेको छ ।