नेपाल समाचार

अमेरिकामा कार्यक्रम नेपालमा ठगी

2011 पटक पढिएको

20th Aug 2017, Sunday | २०७४ भाद्र ४, आईतवार ०५:४८
हिमालखवर संवाददाता
काठमाडौँ(नेपाल)- अमेरिकामा नेपाली समानको व्यापार प्रवद्र्धन गर्ने भन्दै झन्डै एक वर्ष अघि आयोजना गर्न लागिएको  मेला ठगी गर्ने उद्देश्य रहेको भन्ने समाचार हिमालखवर पत्रिकाले छापेपछि यो अहिले अमेरिकामा चर्चाको विषय भएको छ । यो समाचारलाई अमेरिकामा कयौँले समाजिक सञ्जालमा फैलाएका छन् । 
 
हिमालखवरले हालैको अंकमा उक्त कार्यक्रम आयोजकवाट पीडित भएका व्यक्तिको भनाई उल्लेख गर्दै समाचार छापेको छ । कार्यक्रममा सहभागी हुनेलाई काठमाडौँ स्थित अमेरिकी दुतवाासले भिसा नदिएपछि यो मेला रद्द भएको थियो । यो मेला पहिले देखिनै विवादमा थियो । नेपाल उद्योग वाणिज्य महासंघले मेला आयोजकलाई महासंघको नाम र लोगो प्रयोग नगर्ने चेतावनी दिएका थिए ।
 
हिमालखवरको समाचारमा एनआरएन अमेरिकाको निर्वाचनमा बोर्ड सदस्यमा उठेका संजय थापा पनि मुछिएर आएको छ । उनको फोटो समेत हिमालखवरले छापेको छ । प्रवासी मञ्चका पूर्व अध्यक्ष थापा मुछिएकालेपनि यो समाचारले अमेरिकामा चर्चा पाएको हो । 
 
अमेरिकामा कार्यक्रमको बहानामा बढी पैसा असुलेर ल्याउने केही वर्ष देखिनै कयौँ व्यक्ति र समूह सकृय छन् । अमेरिकामा कार्यक्रम बनाई केही नाम चलेका, उच्च ओहदामा रहेको व्यक्तिलाई निःशुल्क टिकट र खर्च व्यवस्था गर्ने र यहाँ भित्र केही व्यक्तिलाई घुसाएर ल्याई कमाउने धन्दा गर्ने प्रयास हुदैं आएको थियो । व्यापार मेला, धार्मिक जमघट, फिल्म प्रवद्र्धन, मनोरञ्जनात्मक कार्यक्रम जस्ता विभिन्न वाहनामा अमेरिकामा पैसा लिएर मानिस ल्याउने गरेको उरुरी नेपाल प्रहरीमा पटक पटक पर्दै आएको छ । यस्ता घटना यसअघि पनि सार्वजनिक हुदैं आएको थिए ।
 
के यसरी १०, १५ लाख रुपैंया तिरेर अमेरिका आउनु फाइदा छ ? यसरी अमेरिकामा आउँदा यहाँ स्थायी रूपमा बस्ने कानुनी मान्यता पाइन्छ पाइँदैन भन्ने मुख्य प्रश्न हो । यसरी अमेरिका छिर्दा बढीमा ६ महिनामात्र बस्ने सुविधा हुन्छ । त्यसपछि नेपाल फर्किनु पर्छ । कानुनतह काम गर्ने अनुमति हुदैंन । ग्रिनकार्ड वा एजाईलम स्वीकृत नभई परिवारका सदस्य ल्याउन पाइँदैन ।
 
अहिले अमेरिकामा यसरी आई वस्नेलाई स्थायी रूपमा बसोबास गर्न कठिन हुदैं गएको छ । यसरी आउने नेपालीले केही वर्ष अघिसम्म एजाईलम गरेर सजिलै स्थायी बसोबास सुविधा पाउने गरेका थिए । तर, अहिले यो कठिन हुदैं गएको छ । यसका लागि कम्तीमा पनि २, ३ वर्ष कुर्नु पर्ने हुन्छ । एलाईलम भरेपछि अमेरिकाको नागरिक नवन्दासम्म सिधै नेपाल जान कठिन हुन्छ । 
 
अमेरिकामा कमाउन भन्दा जोगाउन कठिन हुन्छ । सामान्य काम गरेर खर्च कटाएर १५ लाख रुपैंया जोगाउन एक वर्ष भन्दा बढी लाग्ने वताईन्छ ।