मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकामा सोमबार मनाइयो रक्षावन्धन र जनैपूर्णिमा

अमेरिकामा सोमबार मनाइयो रक्षावन्धन र जनैपूर्णिमा


अर्बिङ (टेक्सस) – नेपालमा १० दिन अघिनै मनाइएको रक्षाबन्धन तथा जनैपूर्णिमा अमेरिकामा भने सोमबार मनाइएको छ । 
 
नेपालमा पूर्णिमाको रात चन्द्रग्रहण लाग्ने कारणले १० दिन अघि नागपञ्चमीको दिननै रक्षावन्धन तथा जनैपूर्णिमा मनाइएको थियो । तर अमेरिकामा भने चन्द्रग्रहण नलाग्ने कारणले गर्दा नियमित अर्थात जनैपूर्णिमाकै शूभसाइतमा रक्षावन्धन गरिएको हो ।
 
सोमबार अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका नेपाली समुदायले रक्षावन्धन मनाएका छन् । टेक्ससको ड्यालसस्थित पशुपतिनाथ तथा बुद्ध (नेपाली) मन्दिरमा धुमधामका साथ नेपालीहरुले रक्षावन्धन मनाए । बिहान ६ बजेदेखिनै जनैफेर्ने, रक्षावन्धन बाँध्नेहरुको भीड मन्दिरमा थियो । 
 
सोमबारको दिन परेको र सर्वसाधारणहरु काममा जानुपर्ने भएकाले बिहानदेखि साँझ ८ बजेसम्म रक्षावन्धन गरिने मन्दिरका मुल पुजारी डा. शेखर पण्डितले बताए । साँझ ८ बजेसम्म आफुलाई अनुकुल हुने समयमा मन्दिरमा उपस्थित भएर रक्षावन्धन गर्न सकिने उनले बताए ।
 
अमेरिकाका अन्य बिभिन्न राज्यहरुमा समेत सोमबार रक्षावन्धन मनाइएको छ ।