मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

टेक्ससमा एनआरएनका उम्मेदवारहरुको अन्तिम वहश सम्पन (भिडियो /फोटो सहित )

टेक्ससमा एनआरएनका उम्मेदवारहरुको अन्तिम वहश सम्पन (भिडियो /फोटो सहित )


हिमालयखवर संवाददाता
ड्यालस (टेक्सस) – गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाका अध्यक्षका उम्मेदवारहरुले नवआगन्तुकदेखि लिएर लामो समयदेखि अमेरिकामा बसिरहेकाहरुलाई समेट्नेगरि कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
 
आपूm अध्यक्षमा निर्वाचित भएमा अमेरिकामा भरखर आएकाहरुदेखि लिएर स्थापित भैसकेका सबै वर्गलाई समेट्नेगरि कार्यक्रमहरु सञ्चालन गर्ने अध्यक्षका तीन उम्मेदवारहरुले प्रतिवद्धता जनाएका हुन् । हिमालय खबर अनलाइन, भिजन फर नेपाल र नेपाली समाज टेक्ससको संयुक्त आयोजनामा भएको उम्मेदवारहरुको अन्तरकृया कार्यक्रममा बोल्दै अध्यक्षका उम्मेदवारहरुले नवआगन्तुकलाई हेल्पलाइन, आइडी कार्ड, आपतकालिन कोष स्थापना गर्ने प्रतिवद्धता जनाए ।
 
अध्यक्षका उम्मेदवारहरु डा. केशव पौडेल, राम सी पोखरेल र कृष्ण पोखरेलले एनआरएन अमेरिकाले यहाँ रहेका सबै वर्गलाई समेट्न नसकेको उल्लेख गर्दै आफ्नो कार्यकालमा सबै नेपालीलाई समेट्नेग िकार्यक्रम ल्याउने उल्लेख गरे ।
 
एनआरएन अमेरिकाको निर्वाचन समितिले प्रकाशित गरेको अध्यक्षका चार उम्मेदवारहरुमध्य तीनजना अन्तरकृयामा सहभागी थिए । समितिले प्रकाशित गरेको नामावलीमा परेकी रबिना थापाले व्यक्तिगत कारणले कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिएका कारण तीनजनामात्र उम्मेदवार कार्यक्रममा सहभागी भएको भिजन फर नेपालका कृष्ण शर्माले जानकारी दिए ।
 
अध्यक्षमा उम्मेदवारी दिएका गौरीराज जोशीको उम्मेदवारी निर्वाचन समितिले अयोग्य ठह¥याउँदै नामावलीबाट हटाएको छ । जोशी आफ्नो उम्मेदवारीका बारेमा प्रष्टाउँदै क्यालिफोर्नियाका बिभिन्न कार्यक्रमहरुमा सहभागी भइरहेका छन् ।
 
अन्तकृया कार्यक्रममा बोल्दै एनआरएन अमेरिकाका अध्यक्ष डा. केशव पौडेलले आपूmले पहिलो कार्यकाल मुद्धामामिलामै बिताउनु परेकोले फेरि निर्वाचित भएमा दुई वर्ष अमेरिकामा रहेका नेपाली समुदायका हितका लागि कार्य गर्ने बताए । 
 
‘एनआरएनको सदस्यता लिँदा के फाइदा हुन्छ भन्ने बारेमा हामी सबैले बुझ्न जरुरी छ, आगामी दुई वर्ष यहाँका अमेरिकी तथा नेपाली संघसंस्थासँग मिलेर काम गर्नेछु,’ पौडेलले भने ।
 
अध्यक्षका अर्का उम्मेदवार तथा एनआरएन अमेरिकाका वर्तमान उपाध्यक्ष राम सी पोखरेलले आफु अध्यक्षमा निर्वाचित भएमा अमेरिकामा रहेका नेपाली समुदायलाई आपत पर्दा सहयोग गर्नेगरि ‘इमरजेन्सी फण्ड’ को स्थापना, नवआगन्तुकलाई सहयोग गर्न विशेष व्यबस्था गर्दै ४० हजार सदस्य पु¥याउने प्रतिवद्धता जनाए ।
 
अर्का अध्यक्षका उम्मेदवार तथा वर्तमान वरिष्ठ उपाध्यक्ष कृष्ण पोखरेलले एनआरएनका लागि आफुले ‘भिजन–२०÷२०’ ल्याएको र त्यस अन्तरगत सदस्यता लिनका लागि यहाँ रहेका नेपालीहरुलाई प्रेरित गर्ने, समुदायका सदस्यहरुलाई आवश्यक पर्दा हरेक गतिविधिमा सहयोग गर्ने आफ्नो योजना रहेको बताए ।
 
युवाहरुलाई आकर्षित गर्नका लागि विशेष योजना रहेको तीनैजना अध्यक्षका उम्मेदवारहरुले बताए । तर कस्तो योजना र कसरी आकर्षित गर्ने भन्ने बारेमा भने सार्वजनिक गर्न सकेनन् । पछिल्लो समयमा एनआरएनमा युवाहरुको सहभागिताको अपेक्षा राखिएपनि उनीहरुलाई आकर्षित गर्न सकिएको छैन ।
 
अन्तरकृया कार्यक्रममा तीनैजना उम्मेदवारहरुले एनआरएन अमेरिकामा सदस्य भएका जोकोहीले पनि जुनसुकै पदमा उम्मेदवारी दिन पाउनुपर्ने धारणा राखे । ‘व्यक्तिको कुरा होइन, एनआरएनमा जोकोहीले पनि अध्यक्षमा उठ्न पाउनुपर्छ, आइसिसीको विधानले मात्र रोकेको हो,’ अध्यक्ष डा. पौडेलले भने । उनले सन् २०१५ मा न्यूयोर्कमा भएको विशेष साधारण सभाले दुई वर्ष सदस्य भएको जो कोही पनि उम्मेदवार हुन पाउने प्रावधान राखेको भएपनि आइसिसीको विधान बाझिएकाले समस्या भएको उल्लेख गरे ।
 
अध्यक्षका उम्मेदवार राम सी पोखरेलले जो कसैलाई पनि उम्मेदवार हुनबाट रोकेर घेराबन्दीमा पार्नु उचित नहुने धारणा राखे । ‘यस्तो प्रवृत्तिले कतै एनआरएन अमेरिका दुई चिरा हुने त होइन, मलाई त डर लागिरहेको छ,’ पोखरेलले चिन्ता गर्दै भने ।
 
उनले निर्वाचन समितिका पदाधिकारीहरुले एनआरएन अमेरिकाको विधानलाई सर्वोपरि ठान्दै आइसिसीको विधानलाई हेर्नुपर्ने धारणा राखे ।
 
अर्का उम्मेदवार कृष्ण पोखरेलले कसैलाई पनि उम्मेदवार बन्नबाट रोकेर छेकबार लगाएर जित्ने उम्मेदवार चन्द्रमामा नपुग्ने धारणा राखे । ‘गौरी जोशीलाई एनआरएनमा डा. साब (डा. केशव पौडेल) ले नै प्रवेश गराउनुभएको हो,’ पोखरेलले भने ।
 
उम्मेदवारहरुले आफ्नो परिचय, विद्यमान उम्मेदवारी विवाद, भावी कार्यक्रम, युवा आकर्षणका कार्यक्रम, स्थानीय संघसंस्थाहरुसँगको समन्वयका विषयमा रहेर आफ्नो कार्यक्रम र योजना प्रष्ट्याएका थिए ।
 
कार्यक्रमको सुरुमा नेपाली समाज टेक्ससका अध्यक्ष कृष्ण लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । 
 
कार्यक्रमको बारेमा भिजन फर नेपालका कृष्ण शर्माले प्रष्ट्याएका थिए भने हिमालय खबरका सल्लाहकार सम्पादक तारा बरालले सञ्चालन गरेका थिए ।
 
कार्यक्रम अध्यक्षका उम्मेदवारहरुका धारणा र योजना सार्वजनिक गर्नका लागि आयोजना गरिएको भएपनि एनआरएन अमेरिकाका अन्य पदका उम्मेदवारहरुले समेत आफ्नो उम्मेदवारीका विषयमा धारणा सार्वजनिक गरेका थिए ।