मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एनआरएन विशेष   

गाैरी जोशी उम्मेदवार हुन योग्यः छानवीन समिति

गाैरी जोशी उम्मेदवार हुन योग्यः छानवीन समिति


लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको निर्वाचनमा गौरीराज जोशी उम्मेदवार बन्न योग्य भएको ठहर विशेष समितिले गरेको छ । गैरआवासीय नेपाली संघको गत आइतवार जर्मनीको फ्रयाङफर्डमा सम्पन्न बैठकले गठन गरेको विशेष समितिले जोशी एनआरएन अमेरिकाको उम्मेदवार बन्न योग्य रहेको निष्कर्ष निकालेको हो ।
 
अमेरिकास्थित एनआरएनको निर्वाचन समितिले अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको नाम हटाइएपछि विवाद उत्पन्न भएको थियो । उक्त विवाद समाधानका लागि संघले छानबीन गरि प्रतिवेदन बुझाउन संरक्षक दिल गुरुङ, सल्लाहाकार विश्वआर्दश पण्डित र पूर्वप्रवक्ता डा. हेमराज शर्मा रहेको समिति गठन गरेको थियो ।
 
समितिका सदस्य विश्वआर्दश पण्डितका अनुसार समितिले शनिवार साँझ आफ्नो पूर्ण प्रतिवेदन गैरआवासीय नेपाली संघ समक्ष बुझाएको छ । समितिका तीनै जना सदस्यले संकलन गरेको राय र प्रमाणका आधारमा समितिले अन्तिम निष्कर्ष निकालेको बताएको छ ।
 
समितिले एनआरएन अमेरिकाको स्थापना र अध्यक्ष पदका प्रत्यासी गौरी जोशीको योग्यताका सम्वन्धमा करिब ३० पेज लामो प्रतिवेदन दिएको छ । जसमा ३२ वटा दस्तावेज सहित ४ सय पेज भन्दा बढीको प्रमाण जुटाएको जनाइएको छ । समितिले आफ्नो प्रतिवेदन पेश गर्नुअघि अध्यक्ष शेष घले लगायतका गैरआवासीय नेपाली संघका पदाधिकारीसमेतसँग परार्मश गरेको थियो ।
 
समितिको प्रतिवेदनपछि गैरआवासीय नेपाली संघ अमेरिकाको निर्वाचनसम्बन्धी विवाद अन्त्य हुने अपेक्षा गरिएको छ । समितिको प्रतिवेदन बमोजिम अब जोशीलाई समेत निर्वाचनमा समावेश गरेर मात्र एनआरएन अमेरिकाको निर्वाचन प्रक्रिया अगाडी बढ्ने बताइएको छ ।
 
जोशी अफूलाइ उम्मेदवार हुन निर्वाचन समितिले रोक लगाएपछि अमेरिकाका बिभिन्न राज्यहरूमा शूभचिन्तकहरूसँगको भेटमा व्यस्त छन् । शुक्रबार लसएन्जलस र शनिबार उनी सानफ्रान्सिस्कोमा शूभचिन्तकहरूलाइ भेटेर संबोधन गरेका थिए । अाइतबार उनी नेपाली जनसम्पर्क समितिको पिकनिक सहितको भेलामा सहभागी हुँदैछन् ।